नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेकपाले संञ्चालनगरेको सरकारले प्रफमेन्स देखाउन नसकेको आरोप लगाएका छन । काठमाण्डौको एक टेलिभिजन च्यानललाई अन्तरवार्ता दिदै कांग्रेसका पुर्व महामन्त्री समेत भईसकेका नेता सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले संविधान जारी गर्न नसकिरहेको अवस्थामा काँग्रेसका पुर्व सभापती एवम प्रधानमन्त्री स्वर्गीय शुशिल कोईरालाको नेतृत्वमा संविधान जारी भएको स्मरण गरे । अर्काे प्रशंगमा उनले पार्टी संस्थागत हुन नसकेको बताए । उनलेभने,‘ पार्टी संस्थागत हुन सकेको छैन त्यसैले ए कांग्रेस , वि कांग्रेस, सि कांग्रेस छन, त्यसैले संसदमा प्रतिपक्षीको भुमिका दरो नभएको दावी छ । नेता सिंहले जनतालाई अधिकार दिलाउन काँग्रेसले खेलेको भुमिका कसैले खेल्न नसक्ने बताए । मुलुक सम्पन्नताको अभियानलाई काँग्रेसले नेतृत्व गरेर अघाडि बढ्ने बताए । उनले काँग्रेसको नेतृत्वबाट उपलब्ध भएको जनताको अधिकारलाई स्थापीत गर्दै कांग्रेस अघाडि बढ्ने बताए । नेपालमा विपी कोईरालाको योगदानको स्मरणगर्दै प्रजातान्त्रिकमुल्य मान्यता र राष्ट्रियतालाई आत्मासाथ गरेर अघाडि बढ्ने प्रेरणा गर्न मिल्ने मेलमिलाप नितीको प्रशंसा गरे । विपीको मेलमिलापको निती अहिलेपनी सान्दर्भीक रहेको चर्चा गरे । अर्काेप्रसंगमा नेता सिंहले तानाशाहि पंञ्चायति व्यवस्थालाई अन्त्य गर्न गणेशमान सिंहले खेलेको भुमिकाको प्रशंसा गरे । प्रजातन्त्र पुर्नरबहालीकोलागी विभिन्न कालखण्डमा जेल बस्नुभएको लौह पुरुष गणेशमानसिंहले प्रजातन्त्रबादी शक्तीहरु संगको एकता गरेर निरंकुसता विरुद्धको नेतृत्व गरेको  स्मरण गरे । पञ्चायत ढाल्न गणेशमानसिंहको नेतृत्वमा भएको आन्दोलनमा बामपन्थी शक्तिहरु  एक ठाँउमा आएर पञ्चायत विरुद्ध आन्दोलन गरेको बताए ।

तपाईको प्रतिक्रिया