- गोपाल पोखरेल

पुर्व अर्थ मन्त्रीहरूले जनताको जिवन जोगाउनु पर्ने र अर्थतन्त्र तहस नहस भईराखेको अवस्थामा जनताको रोजगारीको सुरक्षा गर्न आवश्यक रहेको बताएका छन । लोकतान्त्रिक विमर्शका लागि साझा सवाल साझा मंञ्चद्वारा आयोजित कोरोनाको महामारी, आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव र सरकारको भूमिका विषयक भर्चुअल संबाद कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्रीहरु ज्ञानेन्द्र बहादुर कार्की, महेश आचार्य, डा. रामशरण महतले त्यस्तो बताएका हुन । पुर्व आर्थमन्त्री कार्कीले वर्तमान सरकार दायित्वबाट पर सरेको आरोप लगाएका छन । उनले कोरोनामा जनताको हितमा गर्नुपर्ने काम सरकारले नगरेको र सरकार अबिभावकीय दायित्वबाट भागेको आरोप लगाएका छन । १७ लाख मानिसको रोजगारी गुम्ने अवस्थामा पुगेको बताए ।

उनले कोरोनाको असरका कारणले धेरै युवाहरु विदेशबाट नेपाल फर्कीरहेका छन ।२ खर्ब भन्दा बढी सहुलियत ऋण दिने विषय निस्क्रय भएको छ । अर्थतन्त्र विकराल अवस्थामा पुग्ने ठोकुवा गनुपर्नेमा जोड दिए । मानिसको जिवन रक्षाकालागी अहिलेको अर्थतन्त्रको ध्यान जानजरुरी रहेको बताए । अर्का पुर्व अर्थमन्त्री महेश आचार्यले समग्र अर्थतन्त्र तहस नहस भएको बताए । ९० लाख विद्यार्थीहरुको भविष्य अन्यौलामा परेको बताउदै टेक्नोलोजीको प्रयोग गरेर शैक्षणीक गतिविधिलाई चलायमान बनाउनुपर्ने बताए । चैत ११ गते देखि साउन सम्म महिला हिंसाको फिगरले चाप , दवाव, अभाव र असुरक्षाले सामाजिक अवस्था अस्तव्यस्त भएको बताए । चार करोड अस्पतालमा खर्च बाडिरहेको छ । यो रकम ४० करोड हुन्छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा एउटा भ्युटावर निर्माणगर्न खर्च भईरहेको आरोप लगाए । उनले जनताको जिवन रक्षा र अर्थतन्त्र तहस नहस र भईराखेको रोजगारीको सुरक्षा गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी पुर्व अर्थमन्त्री डा. रामशरण महतले कोरोनाले सामाजिक, आर्थिक , धार्मीक साँकृतीक जिवनमा असर परेको बताएका छन । उनले औषधि अभावमा मानविय नोक्सान भईरहेको बताएका छन । उनले बिकसीत मुलुकमा कुलग्रहस्थ उत्पादन घट्ने अनुमान गरे ।कोरोनाको प्रभावले आर्थिक र सामाजिक क्षेत्रमा परेको असर र सरकारी ऋणको विषयमा नेका मोरंगका जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्केले गरेको प्रश्नको जवाफमा पुर्व अर्थमन्त्री आचार्यले विदेशी लगानी अथवा ऋणलाई स्विकार गर्ने अवधारणा कांग्रेसको अवधारणा भएको बताउदै मुलुकको हित हुने यथेस्ट कामहरु र विदेशि ऋणहरु स्विकार गर्न सकिने बताए ।

कार्यक्रममा पुर्व अर्थमन्त्रीहरु डा.रामशरण महत, महेश आचार्य , ज्ञानेन्द्रबहादुर कार्की, नेका मोरङका वरिष्ठ जिल्ला सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजुमास्के , काग्रेस जिल्ला सदस्य सुर्यमा राज राई लगायतको सहभागिता थियो । कार्यक्रममा प्रदेश , जिल्ला , तथा भातृ संगठनका नेताहरुको सहभागिता थियो ।


काँग्रेस नेताहरु अशोक कोईराला , त्रिलोचन रिजाल , केदार कार्की , शेखर थापा, लोकप्रसाद संग्रौला , शान्ता पौडेल , विद्यानन्द माझी ,पंकज बर्मा , केशब निरौला , नरायण बाबु कार्की , डिग बहादुर लिम्बु , नागेश कोईराला , भक्तीनाथ माझी , खडग फागो, गणेश खड्का, निरञ्जन रिजाल ,संञ्जय भटराई, यदु विष्ट, कल्पना सिंह, राजेन्द्र ढकाल, रामबाबु पासवान, शिव राज कोईराला, प्राध्यापक डा. भेषप्रसाप्रसाद धमाला ,शैलेन्द्र शिबाकोटि लगायतको सहभागिता थियो ।

 

 

तपाईको प्रतिक्रिया