स्काउट मोरङका पुर्व आयुक्त श्री गोबिन्द कुमार गडेरिको संयोजकत्वमा स्काउट मोरंग जिल्ला संघर्ष समिती विराटनगरमा आज गठन गरिएको छ ।

नेपाल स्काउटको वर्तमान कार्यशैली प्रति असहमती जनाउदै संघर्ष समिति गठन गरिएको हो । स्काउटलाई राजिनितीकरण गरेको विरोधमा देशव्यपारी रुपमा आन्दोलन चर्काउने उदेश्यले संघर्ष समिति गठन गरेको बताईएको छ । संयोजक गोबिन्द कुमार गडेरि , सदस्यहरु नारायण खवास,मनिष आचार्य, अचुत निरौला,कबिता राजबन्शी, कृष्ण सहनी,बृजेस यादव,नयन सरकार,बिबेक तिम्सिना ,सरु प्रसाईं,प्रवल्दिप बिस्वास,प्रलाद राजबन्शी र रजनी सुब्बा छन ।  स्काउटर दिवस राजवंशीले जानकारी दिए । चाँडै प्रदेश संघर्ष समिति गठन गरिने जानकारी प्राप्त भएको छ ।

 

तपाईको प्रतिक्रिया