विराटनगर,कोरोना कहरमा बहुसंख्यक जनप्रतिनिधि कानमा घरमा लुकेर बसेका बेला विराटनगरकी उप–प्रमुख ईन्दिरा कार्की ८४ वर्ष नाघेका जेष्ठ नागरिकका घर–घरमा पुगेर आईतबार पोषण भत्ता वितरण गनुभयो । विराटनगर महानगरपालिकाका उप–प्रमुख ईन्दिरा कार्कीको अगुवाईमा महानगर क्षेत्रका बृद्ध बृद्धाहरुलाई घर–घरमै पुगेर पोषण भत्ता वितरण गर्नु भएको छ ।

समाजसेवा भनेपछी हुरुककै हुने कार्की ८४ बर्ष उमेर पुगेका बृद्ध बद्धाहरुलाई आईतबार विराटनगर ३ मा पुगेर पोषण भत्ता वितरण गनुृ भएको हो । कोरोनाको महामारीले समाज आक्रान्त बनेको बेला बृद्ध–बृद्धाहरुलाई पोषण भत्ता बितरण गर्न कम्मर कसेर अगाडी बढने कार्यको चौतर्फी प्रशंसा भएको छ ।

विराटनगरका १९ वटै वडामा रहेका तर ८४ बर्ष नाघेका बृद्ध–बृद्धालाई पोषण भत्ता वापत रकम वितरण गरिने छ । गत वर्ष पनी उप–प्रमुख कार्किकै अगुवाईमा पोषण भत्ता वितरण भएको थियो ।

 

तपाईको प्रतिक्रिया