मुलुककालागी लौहपुरुष गणेशमान सिंहको योदान ठुलो रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । गणेशमान सिंह पुस्तकालय रुपन्देहिले आयोजना गरेको वीर गणेशमान सिंहको १०६ औ जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेसको १४ औ महाधिवेशन सुनिश्चिततामा नेतृत्वको दायित्व विषय कार्यक्रममा बोल्दै वक्ताहरुले मुलुको प्रजातन्त्र ल्याउनकालागी खेलेको नृतृत्व दायि भुमिकाको सबैले प्रशंसा गरेका हुन । कार्यक्रमलाई ‘संम्बोधन गर्दै प्रभावशाली नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनको नेतृत्व गणेशमानले गरेको उल्लेख गर्दै राजाले गणेशमानले सिंहलाई प्रधानमन्त्री बन्न गरेको अनुरोधलाई अस्विकनर गर्दै कृष्णप्रसाद भटराईलाई सिफारीस गरेको बताउनुभएको हो । गणेशमानका पुत्र समेत रहनुभएका प्रकाशमानले आफुलाई अर्काे प्रशंगमा पार्टी भित्र बिधान मिच्ने प्रबृतीले पार्टीलाई नोक्सानी हुने भएकाले त्यस्तो नगर्न सबैलाई आग्रह गनुभयो । प्रकाशमानले पार्टीको महाधिवेशन फागुन सम्ममा सक्नुपर्ने बताउनुभयो । सरकारले अहिले जनताको हितमा केहि काम गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले गणेशमानको योगदान विपीको भन्दा ठुलो भएको विपीकोईराले भनेको मिनेन्द्र रिजालले स्मरण गरेका छन । रिजाल संग विपीले गरेको कुराकानी स्मरण गर्दै भने,गणेशमान भारतबाट नेपालमा पक्राउ गरे मृत्यु दण्ड हुन्थ्यो ,त्यो मृत्यु दण्डलाई जितेर मुलुकका लागी योगदान गर्नुभयो,। रिजालले गणेशमानको योगदान ठुलो रहेको बताएका छन ।
अर्का काँग्रेस केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले पार्टी विधान संवत नचलेको गुनासो गरे । नयाँ पुस्ताहरुले पार्टीलाई नयाँ ढङ चलाउने तयारी गनुपर्ने बताए । नेतृत्व हत्याउन युवाहरु अनुशासन हिन प्रबृतीबाट संभव नहुने बताए । एकले अर्कालाई सम्मान गरेर आफ्नो उपस्थितिको खोजि गर्नुपर्ने बताए ।

 

काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले अब आउने तेतृत्वले कार्यकर्ताको मुल्याङकन गनुपर्ने बताउनुभयो । ठिक मान्छेलाई ठिक जिम्मेवारी दिन्छ । कार्यकर्ताको व्यवस्थापन र परिचालन गर्न नसकेको नेता संग्रौलाले बताउनुभयो । ंंकार्यक्रमम नेका मोरङका पुर्व सभापती अशोक कोईराला, सांसद लोकप्रसाद संग्रौला, नेका पाँचथर सभापती नरेन्द्र केरुङ, नेका महासमीती सदस्यहरु विश्वनाथ रिजाल , गोपालराज भण्डारी , पुण्य प्रसाद गौतम ,खेल प्रशिक्षक रञ्जन थापा, शिक्षक नेता केशव निरौला, नेका मोरङका पुर्व जिल्ला सचिब यदुविष्ट , सांसद सुर्यमा राई , नेपाल महिला संघ मोरङ सचिव प्रमिला थापा, नेतृ प्रभा अधिकारी लगायतले सर्बाेच्च कमाण्डर गणेशमान सिंहको योगदानको चर्चा गर्नुभयो । कार्यक्रम संञ्चालन तथा सहिजकरण नेका मोेरङका जिल्ला सदस्य तथा विद्यार्थी विभाग प्रमुख राजुमास्के गनुभएको थियो । कार्यक्रम पुस्तकालयका तेजप्रसाद लमीछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै सहायक सहजिकरण पुस्तकालयका सचिब मदन थापाले गर्नुभएको थियो ।

 

कार्यक्रममा महासमीती सदस्य सुचि चौधरी , प्रमिला गच्छार , ,मिता आचार्य , नेतृ सरस्वती खनाल, नेता नारायण बाबुकार्की, सन्तोस ढुङगाना, नेतृ कल्पना सिंह,विभा दास, प्रीमलाराई, काँग्रेस नेता पशुपती ओझा , शेसराज राजवंशी , महिला संघ मोरङको ३ नम्मर क्षत्रको अध्यक्ष कमला देवी अधिकारी सचिब मन्जु रेग्मी , सामाजिक अभियान्ता गंगा सुवेदी , क्षेत्रीय प्रतिनिधि अनुपमा रिजाल , लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया