मोरङ स्काउट जिल्ला संघर्ष समितीले जिल्ला प्रशासन कार्यालय मोरङ, बिराटनगर महानगरपालिका मेयर भिम पराजुली र उपमेयर इन्दिरा कार्की, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरे, नेपाली काङ्ग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु, नेपाल कम्युनिस्ट पार्टी मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, नेपाल समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई भेटेर नेपाल स्काउटमा भइ रहेको गतिविधिको ध्यानाकर्षण गराएका छ । स्काउटर दिवस राजवंशीका अनुसार अन्य राजनैतिक दलका व्यक्तित्व, जिम्मेवार पदाधिकारी, सामाजिक अभियान्ता, बुद्धिजिविहरुलाई भेटेर ध्यानाकर्षण गराउने यो पहिलो चरणको कार्यक्रम केही दिन रहने हो । त्यासपछी आन्दोलनको नयाँ कार्यक्रम घोषणा गर्ने स्काउटरहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया