विराटनगर,२५, कात्तिक : प्रदेश १ मा गएको २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । प्रदेश .१ कोसामाजिक बिकास मन्त्रालयका तथ्याङक संकलन सचिवालयका संयोजक डा. रविन्द्र निरौलाका अनुसार प्रदेश १का विभिन्न अस्पतालमा उपचार गराई रहेका १२ जना र झापा र धनकुटामा होम आईसोलेसनमा रहेका ४ जनाको मृत्यु भएको हो ।
विराटनगरको नोबेल मेडिकल कलेजमा ५, विराट नर्सिङ होममा १, न्युरो अस्पतालमा १ जना , कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु छ ।त्यस्तै झापामा होम आईसोसनमा बसेका ३ जनाको मृत्यु भएको छ । धनकुटामा पनि होम आईसोलेसनमा बसेका १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाका अजर्नुधारा न.पा , भद्रपुर न.पा , कचनवल गा.पा ,र धनकुटा न.पाका १ जना छन ।

तपाईको प्रतिक्रिया