- रबिन्द्र बराल

। कार्तिक २६ बुधबार  माेरङकाे रतुवामाई नगरपालिका काे बडा नम्बर ९ स्थित कटनु सुबेदी चौक जोणी टोल हुदै मुलडाँडा सम्मकाे ७ किलोमिटर सडक निर्माणकार्य मा नाला बनाउने क्रममा सिमेन्ट बालुवा र गिटि मिस्रण मा ठेक्केदार कम्पनी का प्रमुख ले आफुखुशि काम गरेको स्थानीयले आराेप लगाएका छन । नेपाल सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालय काे कुल २० कराेड ८७ लाख ९४ हजार ७ सय ५३ रुपैयाँ ६४ पैसा काे लागतमा उक्त सडक निर्माण कार्य सुरु भएको छ । साे सडक काे ठेक्का दिवा साह ईन्जिनियर जेभि जाउलाखेल ललितपुर काठमाडौ ले पाएकाे छ।

सडक निर्माण सुरु भएको एक बर्ष काे अबधिमा सडकमा ठेक्केदार काे मनाेमानी ढंगले नाला बनाउन मापदण्ड भन्दा फरक सिमेन्टको समेत प्रयोग काम गरहेकाे स्थानीय अराेप लगाएका छन । उक्त सडकमा नाला, पाईप कल्भर्ट, बक्स कल्भर्ट, सेलेब कल्भर्ट, सब बेस,बेस तथा अस्फाल्ट निर्माणकार्य गर्ने भएको छ । साे सडक काे ठेक्का सम्झौता २०७६ असाेज १३ गते भएको हाे भने सडक सम्पन्न २०७८ असाेज २८ गते गरि सक्नुपर्ने सुचना मा देखिन्छ । तर सुचना पाटिमा भने उक्त सडक कुन कम्पनी ले ठेक्का पाएकाे भन्ने समेत लेखिएको छैन । साे सडक निर्माणकार्य का लागि नाला बनाउने काम भईरहेता पनि नालामा गिट्टी ,बालुवा र सिमेन्ट काे मात्रा एक, डेर र ३ काे मात्रा हाल्नु पर्ने भएता पनि ठेक्केदार कम्पनी ले भने एक , चार , चार गरि बडि हाल्ने गरेको र आफ्नो सामाग्री सन्चित गर्ने गरेकाे समेत पाईएकाे छ । भने सिमेन्ट समते अाेपिसी प्रयोग गर्ने भनिएता कम मूल्य पर्ने र रकम बचाउने उदेश्य ले RMC सिमेन्ट प्रयोग गरिरहेकाे समेत भेटिएको छ । पछि स्थानीय ले जानकारी पाए पछि ठेक्केदार ले भने उक्त सिमेन्ट पराल काे कुन्युमा समेत लुकाएको स्थानीय काली बहादुर आचार्य लेे बताए । रेखदेख समिति ले सडक निर्माणकार्य सुरु भएको एक बर्ष बितिसक्दा समेत बारम्बार भौतिक पूर्वाधार विकास मन्त्रालय का डि तथा ईन्जिनियर हरु संग आफू हरु लाई उक्त सडककाे ईस्टिमेट देखाउन बारम्बार माग गर्दा समेत अहिलेसम्म ईस्टिमेट नदिएकाे स्थानीय रुद्र प्रसाद लुईटेल ले बताए । उक्त कम्पनी ले गाेदाम मा अाेपिसि सिमेन्ट र RMC समेत राखकाे भेटिए छ । उक्त ठेकेदार कम्पनी ले स्थानीय काे आँखा छलेर गुणस्तर हिन सिमेन्ट समेत मिसावट गरेर काम गर्ने गरेको स्थानीय ले बताए । साेहि सडक मा ८ सय मिटर खाेला मा रिटेरिङ बाल निर्माण गर्नु पर्ने भएता पनि खाेेेेला तर्फ कुनै ठाउँबाट माटाे न निकालिएकाे तर एक तर्फि रुपमा अन्य स्थानीय काे जग्गा बाट आवश्यक भन्दा बडि मात्रामा माटाे काटेर सडकमा हालेकाे स्थानीय प्रशुराम न्याैपाने ले बताए । साेहि बिषयमा बडा अध्यक्ष नन्द कुमार चापागाईं संग जिज्ञासा राख्दा उनले भने बारम्बार भौतिक पूर्वाधार विकास मन्त्रालय का ईन्जिनियर हरु ले ईस्टिमेट फेल बदल गर्दा स्थानीयलाई जानकारी नगराएकाे र आफुु लाई समेत कुनै जानकारी नगराएकाे उनलेे बताए । साेे बिषयकाे बारेमा दिवा साहा ईन्जिनियर प्रा. लि का प्रमुख सन्जिव साह लाई टेलिफोन मा सम्पर्क गर्दा उनलेे भने उक्त ठाउँमा काङ्ग्रेस र एमाले भएको हुनाले आराेप प्रत्याराेप लगाएकाे र पत्रकार ले भनेको कुरा सहि वा गलत हाे आफुले नमान्ने भन्दै झर्किएका थिए ।

तपाईको प्रतिक्रिया