- मोहन ढकाल

थारु कला केन्द्रको प्रस्तुति रहेको थारु संस्कृति झल्किने म्युजिक भिडियो “सुक्रातिके उमङ्ग” बोलको गित सार्वजनिक भएको छ। थारु कला केन्द्रका अध्यक्ष देव कृष्ण बिश्वासको शब्द रचना रहेको उक्त गित युटुब च्यानल “बगिया इन्टरटेन्मेंट ” मार्फत सार्वजनिक गरेको हो। गित प्रेम प्रसंग, थारु संस्कृति र आउने नयाँ पुस्ताको लागि रुचाउने रहेको अध्यक्ष बिश्वासले बताए। बिट्स स्टुडियो बिराटनगरमा गरिएको उक्त गितको रेकर्डको बिश्वास सहित प्रकाश माझी, काशिन चौधरी, सुनीरा चौधरी, अनुमा चौधरीले स्वर दिएका छन्। सोउल म्युजिकले छयांकनको जिम्मा लिएको उक्त म्युजिक भिडियोमा मुख्य भूमिकामा बिएन चौधरी, काशिन चौधरी, गौरब चौधरी, रचना हजारी, सोनम चौधरी, मोनिका चौधरी रहेका छन्। र्यापर तथा डिजे क्राईसिसमा बालकृष्ण थारुको समेत भूमिका रहेको उक्त गितको छायांकन थारु समुदायको बाहुल्यता भएको सुनसरीको पचिरामा गरिएको छ। लाखौँ लगानी गरेर बनाएको उक्त म्युजिक भिडियो थारु समुदायले तिहार कसरि मनाउछन र पौराणिक लोपुन्मुख एतिहासिक सामाग्री समेत देखाउन खोजिएको छ। थारु कला केन्द्रले यस भन्दा अघि नोबेल मिस्टर एण्ड मिस थारु आइकन २ पटक गरि सकेका छन् भने विश्व महामारीका कारण यस बर्ष हुन् नसकेको अध्यक्ष बिश्वासले जानकारी दिए। थारु समुदायको कला संस्कृति जगेर्ना गर्न, युवा पुस्ताले संस्कृतिलाई आत्मसात गर्न लगायत युवा प्रतिभाका प्रतियोगितात्मक कार्यक्रम केन्द्रले गर्दै आएको छ। गत बर्ष माघी गितको म्युजिक भिडियोले जति चर्चा पाएका छन् यस बर्ष पनि यो गितले अझै चर्चा पाउने र दर्शक मन जित्ने आशामा रहेको थारु कला केन्द्रका उपाध्यक्ष तथा थारु मोडेल बिएन चौधरीको भनाई छ। थारु कला केन्द्रको संस्थापक सदस्य तथा थारु आइकन सिजन १ र सिजन २ मा ट्रेनिङ कोर्डिनेटर को भुमिका निर्वाह गरी सकेको र उक्त थारु आईकनका सहभागीहरुलई अनुशासन तथा मर्यादा को पाठ सिकाउने पुष्पे थारुले यस किसिमको थारू संस्कृति लाइ झल्काउने म्युजिक भिडियोले आउने पिढीलाई आफ्नो संस्कृतिको बारेमा जानकार र जिम्मेवार बनाउन मद्दत गर्छ भनेर विश्वास व्यक्त गरेका छन् । थारु समुदायलाइ यस्तो किसिमको संस्कृति जगेर्ना गर्न गराउन अझै कला प्रतिभाहरू अगाडि आउँछ भनी आशा समेत गरेको छौं, उनले भने। थारु कला केन्द्रले युएई दुबईमा समेत कार्यक्रम गरीसकेकाे छ भने संस्कृतिलाई समेट्ने गरि थारु आर्ट प्रतियोगिता लगायत सामाजिक कार्यमा उत्तिकै सक्रिय भएर लागेका छ। अहिलेको आधुनिक र प्राबिधिक युगमा थारु संस्कृति लाई जिवन्त राख्न थारु कला केन्द्रबाट अरुले समेत पाठ सिक्न जरुरि छ भने थारु समुदायका सरोकारवालाले चासो पनि उत्तिकै दिन जरुरि छ।

तपाईको प्रतिक्रिया