- गोपाल पोखरेल

विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दिरा कार्कीले गर्भवती तथा सुत्केरी महिलाहरुलाई खाद्य सामाग्री हस्तान्त्रण गर्नुभएको छ ।
ओरेक नेपाल विराटनगरले सोमबार विराटनगरमा आयोजना गरेका कार्यक्रममा कोरोनाका कारण गर्भवती तथा सुत्केरी महिलाहरुमा परेको मनोसामाजिक असर न्युनिकरणकालागी मनोविर्मस सेवा तथा खाद्य सामाग्री हस्तान्त्रण कार्यक्रमामा खाद्य सामाग्री हस्तान्त्रण गर्नुभएको हो ।

कार्यक्रममा सहभागी सुत्केरी तथा गर्भवती महिलाहरुलाई मानोसामाजिक परामर्श दिईएको थियो । हस्तान्त्रण गरिएको सो खाद्य सामाग्री ओरेक नेपालले उपप्रमुख कार्की मार्फत गर्भवती तथा सुत्केरी महिलालाई प्रदान गरेको हो ।

विराटनगर ११ मा बसोबास गर्ने बहुसंख्यक विपन्न परिवारका सुत्केरी तथा गर्भवती महिलालाई उपप्रमुख कार्कीले खाद्य सामाग्री हस्तान्त्रण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया