- सुभश्री शर्मा

विराटनगर, २८ मंसिर : प्रदेश १ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले सकृय पत्रकार विश्वकर्मालाई एक कार्यक्रमकाबचि सोमबार सम्मान गरेको हो । महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको अवसर पारेर पत्रकार विश्वकर्मालाई नगद पाँचहजार रुपैयाँसहित सम्मान गरिएको हो ।
करिब डेढ दशकदेखि प्रदेश १ को राजधानी विराटनगरमा बसेर सकृृय रुपमा निरन्तर कलम चलाउँदै आएका पत्रकार विश्वकर्मालाई प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसियतले नगदसहित सम्मानपत्रले सम्मान गरे।
पत्रकार विश्वकर्माले पत्रकारिता सुरु गरेदेखिनै निरन्तर घरेलु तथा साना उद्योगका समस्या, चुनौती, सम्भावना र महासंघका गतिविधि आफु कार्यरत सञ्चार माध्यममा प्रकाशन तथा प्रसारण गर्दै आएको र पत्रकारिताका माध्यमबाट घरेलु तथा साना उद्योगका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकाले सम्मान गरिएको घरेलु तथा साना उद्योग महासंघ मोरङका निवर्तमान अध्यक्ष नरेन्द्र हुमागाईले जानकारी दिए ।
पत्रकार विश्वकर्मा हाल गोरखापत्रमा आवद्ध रहेका छन् । नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल कार्य समिति सदस्यको जिम्मेवारी पुरा गरिसकेका पत्रकार विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ मोरङको अध्यक्षसमेत हुन् । रेडीयो, टेलिभिजन, छापा तथा अनलाईन सवै विधाका सञ्चार माध्यममा पत्रकारिताको अनुभव बटुलेका विश्वकर्मा झण्डै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा सकृयरुपमा कलम चलाउँदै आएका छन् ।
यस अघि पत्रकार विश्वकर्मा लायन्स क्लब अफ विराटनगर एक्टिभ, लायन्स क्लब अफ विराटनगर टंकिसिनुवारी, लायन्स क्लब अफ विराटनगर युनाईटेडबाट संयुक्तरुपमा कदर पत्रबाट सम्मानित भइसकेका छन् । त्यस्तै उनले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानबाट ‘पि एल ओ गु्रप लायन्स सर्वोत्कृष्ट विद्युतीय सञ्चारकर्मी पुरस्कार’ समेत प्राप्त गरिसकेका छन् ।
त्यस्तै अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु, महिला उद्यम समितिका पूर्व अध्यक्षहरु लगायत एकदर्जन बढी व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो । अधिवेशनको उद्घाटन प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले गमलामा पानि रोपेर गरे । सो अबसरमा बोल्दै मन्त्री कुसियतले घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएको बताउँदै उद्यमीहरुका समस्या सम्बोधन गर्न प्रदेश सरकारले उद्योग ऐन ल्याएको र नियमावली बनसकेपछि काुनुनी समस्या अन्त्य हुने दावी गरे । उनले कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएको बताउँदै प्रदेश सरकारले वातावरण सहज बनाउने प्रयत्न गर्दै आएको बताए ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले कोरोना महामारिका कारण थलिएका उद्योग कलकारखाना प्रति सरकार संवेदनशिल बन्नुपर्ने बताए । उनले महासंघको दिएको २४ वटा सुझाव हरुमध्ये सरकारले मौद्रिक नीतिमा २० वटा सुझाव समेटेको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल , महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिका केन्द्रीय अध्यक्ष अञ्जु उपाध्याय, पूर्व अध्यक्ष लता प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ व्यापार संघका महासचिव अनिल साहलगायतले शुभकामना व्यक्त गरे ।
यसैबिच उद्घाटन सत्र सम्पन्न भएपछि अधिवेनको बन्द सत्र सुरु भएको छ । बन्द सत्रले आगामी कार्यकालका लागि सोमबारनै नयाँ नेतृत्वय चयन हुने सम्भावना रहेको निवर्तमान उपाध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
तीन÷तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि भएको हो । अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ । अधिवेशनले महासंघको कार्यसमितिका लागि २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गर्ने छ ।
अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनीसमेत गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण अनिवार्यरुपमा मास्क स्यानिटाइटरको प्रयोग गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम जारी रहेको निवर्तमान महासचिव गोपाल काफ्लेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया