- गोपाल पोखरेल

पूर्वाञ्चल विश्वविद्यालय अन्तरगतका विभिन्न संगठनहरुले रजिष्ट्रार प्रमिला थापालाई विदाइ गरेका छन । परिक्षा नियन्त्रण कार्यलय , विश्वविद्यालय कर्मचारी संगठन , प्रिक्षा व्यवस्थापन कार्यलयले की रजिष्ट्रार थापालाई विदाई गरेको पियु कर्मचारी संघका केन्द्रीय अध्यक्ष राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

गत सोमबार गोठगाउँमा एक कार्यक्रमको आयोजना गरी (पियु)की रजिष्ट्रार प्रमिला थापालाई विदाई गर्यो । चार वर्षे कार्यकाल सकिन केहि दिन बाँकी हुदै थापालाई माँयाको चिनो , दोसल्ला, कदरपत्र दिएर विदाई गरिएको थियो । त्यस्तै मंगलबार विश्वविद्यालय कर्मचारी संगठनले विदाई कार्यक्रम गर्यो । मंगलबार बिदाई कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, पदाधिकारी र कर्मचारीहरूले दोसल्ला, खादा, माला र अविर लगाईदिएका थिए । चिकित्साशास्त्र संकायमा दुईवर्षे कार्यकालको सह–डीन पदमा विश्वविद्यालय प्रवेश गरेकी रजिष्ट्रार थापा सोही पदको दोस्रो कार्यकालमा कार्यरत रहेकै बखत रजिष्ट्रारको जिम्मेवारी पाएकी थिइन् । चार वर्षे कार्यकालमा प्रशासनिक र आर्थिक नेतृत्व सम्हालेकी रजिष्टार थापाको सबैले खुलेर प्रशंसा गरेका छन् ।

रजिष्टार थापाको कार्यकाल सफल रह्योः उपकुलपति आयोजित कार्यक्रममा उपकुलपति कोइरालालले रजिष्ट्रार थापाको कार्यकाल सफल रहेको बताउनुभयो । रजिष्टार थापाको केही कामहरुलाई कोरोना महामारीले प्रभावित बनाएको भएपनि समग्रमा उहाँको कार्यकाल सफल रहेको दावी गर्नुभयो । कर्मचारी संघका सभापति राजकुमार सापकोटाका अनुसार थापा परिणाममुखी व्यक्तित्व हुनुहुन्छः उहाँले गरेका हरेक काम प्रशां योग्य छन । सापकोटाका अनुसार रजिष्टार थापाको व्यक्तित्वको चर्चा गर्दै उहाँकै कार्यकालमा विश्वविद्यालयको भोतिक पूर्वाधारहरु निर्माण भएको, अस्पताल भवन निर्माण भएको त्यस्तै विराटनगरमा शैक्षिक, प्रशासनिक भवनको समेत निर्माण भएको बताउनुभयो । उहाँकै कार्यकालमा शिक्षक तथा कर्मचारीको वृत्ति विकास भएको बताउनुभयो ।


झण्डै १५ वर्षदेखि रोकिएको विश्वविद्यालयको वृत्तिविकास प्रक्रियाले गति लिएको सभापति सापकोटाको भनाई छ । उहाँकै कार्यकालमा आंगिक क्याम्पसहरुको वृद्धि भएको त्यस्तै सबैभन्दा महत्वपूर्ण कुरा भनेको रजिष्टार थापाकै कार्यकालमा गोठगाउँमा बीएस्सी नर्सिङ तथा पिएचडीको समेत सुरुवात भएकोले उहाँ सदैव सबैको मनमा बस्न सफल भएकी सभापति सापकोटाको भनाइ छ । कुनै पनि कुरालाई गर्ने भनेपछि त्यसका लागि निरन्तर लागिपर्ने ’हठ’ रजिष्टार थापाको सबैभन्दा राम्रो पक्ष रहेको सापकोटाको भनाई छ । सापकोटाले भन्नुहुन्छ, ‘म्यामको चारवर्षे कार्यकालमा हाम्रो सम्बन्ध सदैव राम्रो भयो भन्न म सक्दिन, तर कुनै पनि कुरालाई आँटेपछि त्यो पूरा नहुन्जेल लागिपर्ने उहाँको राम्रो पक्षको म सदैव कदर गर्छु ।’

कार्यक्रममा चिकित्साशास्त्र संकायका डीन डा. शैलेषमणि पोखरेल, परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौला, सह–रजिष्ट्रार राजेशकुमार झा, प्राध्यापक संघका महासचिव भूपेन्द्र बाह्रकोटी, कर्मचारी संघका सभापति राजकुमार सापकोटालगायतले रजिष्ट्रार थापाको कार्यकालमा भएका महत्वपूर्ण काम र योगदानबारे चर्चा गर्नुभएको थियो । विदाई हुन लागेकी रजिष्ट्रार थापाले सबैको साथ र सहयोगका कारण आफ्नो चारवर्षे कार्यकाल सफल भएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया