विराटनगर,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ को निर्णय प्रति प्रेस युनियन प्रदेश नम्बर १ समितिले आपत्ती जनाएको छ । महासंघको १ नम्बर प्रदेश समितिले हालै विभिन्न जिल्ला शाखाहरूलाई नयाँ सदस्यताका लागि गरिएका सकुर्लरप्रति नेपाल प्रेस यूनियनको गम्भीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारि गदै महासंघको निर्णयमा असहमती जनाएको हो ।प्रेस युनियन प्रदेश नम्बर १ समितिका संयोजक लीलाबल्लभ घिमिरेले विज्ञप्ति जारि गर्दै व्यक्तिगत पूर्वाग्रहले नयाँ सदस्यमा बखेडा निकालेको आरोप लगाएको छ । जिल्लाबाट सर्वसम्मत रूपमा सिफारिस भई आएका पत्रकारका हकमा उजुरी र गुनासाका नाममा व्यक्तिगत र राजनीतिक पूर्वाग्रह राखेर शाखाहरूमा विवाद उत्पन्न गराउने काम भएको छ यो तत्काल बन्द गरियोस् ।

प्रदेश समितिमै रहेका व्यक्तिबाट बैठक स्थलमै लिखित उजुरी पारेर पूर्वाग्रही काम गरी जिल्लामा क्रियाशील पत्रकारको चरित्रमा आँच पुग्ने गरी सकुर्लर गरेको घटनाले नेतृत्वको नियतमाथि प्रश्न चिह्न खडा गरेको युनियनको आरोप छ । पत्रकारितामा क्रियाशील साथीलाई सदस्यता प्रदान गर्न पनि माग गरेको छ । साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले तोकेको मिति भित्र सवै जिल्ला शाखाहरुलाई साधारण सभा गर्न समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया