विराटनगर,१४ पुस :नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्रीले गरेको असंबैधानिक कदमले जनताको अपमान गरेको आरोप लगाउनु भएको छ । उहाँले प्रतिनिधि सभा बिघठन असंबैधानीक भएको आरोप लगाउदै यसको दोसि सिंगो नेकपा भएको आरोप लगाउनुभयो ।

पुर्व अर्थमन्त्री समेत रहनुभएका नेता आचार्यले प्रधानमन्त्रीले ल्याएका गुठी विद्येक, संवैधानीक परिषद सम्बन्धि अध्यादेश गैर संबैधानिक भएको आरोप लगाउनुभयो । मोरंङको ग्रामथान गाँउपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले सिंगो नेकपा प्रधानमन्त्रीको असंबैधानिक कदमको दोसि रहेको आरोप लगाउनुभयो ।उहाँले भन्नुभयो, नेकपाको आधा हिस्सा चोखो छ भनेर भन्ने अवस्था छैन त्यसैले सिंगो नेकपा यो असंबैधानिक कदमको दोशि छ ,। उहाँले भन्नुभयो , मौका पायो भने खड्ग लिएर , बंम र बन्दुक लिएर विरोधी विचारधारालाई लिए मास्ने कुसँकार बोकेको पार्टी नेकपा हो ।

नेता आचार्यले काँग्रेसले जनताको नीम्ती , शान्तीको निम्ती देशको एकताको निम्ती छातीमा गम्भिर घाउ खेपेर पनि बन्दुक बोकेका माओवादीहरुलाई शान्तीको प्रक्रीयामा ल्याएको बताउनुभयो ।कार्यक्रममा नेका जिल्ला उपसभापती भक्तीनाथ माझी , जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्के , महासमिति सदस्यहरु विश्वनाथ रिजाल , ईन्दीरा कार्की, जयप्रकाश गच्छदार , सत्यनारायण भगत , क्षेत्रीय सभापती विनोद बस्नेत , कांग्रेस नेता सवत लाल चौधरी लगायतको सहभागिता थियो ।

 

 

तपाईको प्रतिक्रिया