- गोपाल पोखरेल

दयाराम पौडेल समाज सेवाको अर्काे नाम हो । उहाँ जर्मनीमा बस्छनुहुन्छ ।  मोरंङको रतुवामाई नागरपालिका स्थायि बासिन्दा हुन । जर्मनीमाको सामाजिक संस्था गैर आवासिय नेपाली संघ जर्मनीका अभियन्ता समेत हुनुहुन्छ । उहाँले गाँस काटेर नेपालका दिनहिनहरुको सेवालाई आफ्नो धर्म मान्नुहुन्छ । बेसाहाराहरुको आत्मामा भगवान भेटिने पौराणिक कथाहरुमा भेटिएजस्तै विपन्नहरुको सेवा गर्दै आउनुभएका पौडेल  समाज सेवा गर्दा मन लाई आनन्दीत हुने बताउनुहुन्छ ।

समाज सेवि पौडेललाई धेरैले भगवान मान्छन । २०७७ साल ️ पौष १४ गते गैर आवासीय नेपाली संघ जर्मनीका सामाजिक अभियान्ता जर्मनी निवासी दयाराम पौडेल द्वारा मोरग जिल्लाको रतुवामाई नगरपालिका निवासी गरिब तथा निम्न आयश्रोत हुने असहाय परिवारलाई स्थानिय समाजसेवी ईन्द्रलाल अधिकारी मार्फत नेपाली रुपिया १ लाख आर्थिक सहयोग गर्नु भएको छ। कहिले बृद बृदाहरूको नाउमा कहिले असहाय गरिब परिवारलाई बारम्बार सहयोग गर्दै आउनु भएका पौड्यालले त्यो भन्दा पहिले कोरोना कहरका बेलामा नेपालमा नेपाल बाल संगठन मोरङको तत्कालिन जिल्ला सचिव राजु मास्के माफर्त नेपाल बाल संगठन मोरङ अन्तर्गत रहेको विराटनगरको श्री बाल मन्दिर आधारभूत विधालयका बाल बालिकाहरुलाई लकडाउनको समयमा खाद्यान्न वितरण गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया