विराटनगर, निर्माण सम्पन्न गरेको रकम भुक्तानी नगरेको भन्दै समितिहरूले पुर्वाधार विकास कार्यलय विराटनगरको काम काज विहिबार दुईघण्टा ठप्प पारेका छन । आर्थिक वर्ष २०७६,७७ मा संझौता गरेको योजनाहरु निमार्ण भई सकेको ७ महिना सम्मपनी भुक्तानी नदिएको आक्रोसमा कार्यलयको ढोका बन्दगरी काम काज ठप्प बनाएका हुन ।

पुर्वाधार कार्यलय मार्फत मोरंगमा ६५ उपभोक्ता समुहको करिब १२ करोड रुपेया भुक्तानी गर्न बाँकि छ । उधारो निर्माण सामाग्री खरिद गरेर निर्माण सम्पन्न गरिसकेका उपभोक्ता समुहरुले पुर्वाधार विकास कार्यलयले बक्यौता रकम भुक्तानी नगर्दा व्यावसायीहरुले भुक्तानीकालागी तगेता गरेर हरौन पार्न थालेको गुनासो गरेका छन ।


विहान ११ बजे पुर्वाधार विकास कार्यलय पुगेका उपभोक्ता समुहका अध्यक्षहरुले १ बजे सम्म कामकाज ठप्प बनाएका थिए ।
आफुहरुको रकम भुक्तानी नगरेसम्म आन्दोलन जारी राख्ने एक उभोक्ता समुहका उपभोक्ता समितिका अध्यक्ष दुखाराम माझीले  बताए । उनलेभने, हाम्रो भुक्तानी नभए थप अरु आन्दोलन गछौ , । उनिहरुले संघर्ष समीती बनाएरै आन्दोलन गर्ने तयारी गरिरहेका छन ।सरकारले भने अनुसारको काम गरेको तर पैसा भने नदिएकोले निर्माण सामग्री बिक्रेताले ७ महिनाको ब्याज समेत माग्न थालेको कुरा अर्को उपभोक्ता समितिका अशोक राजवंशीले बताए।

यता पुर्वाधार विकास कार्यलयले बजेट अभावमा भुक्तानी गर्न ढिलो भईरहेको जनाएको छ । भौतीक पुर्वाधार मन्त्रलयबाट रकम आएपछी भुक्तानी गर्ने पुर्वाधार विकास कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया