विराटनगर,  प्रजातान्त्रीक आन्दोलनका सेनानी निरञ्जन कोईरालाको देहबसान भएपछी विराटनगर स्थित कोईराला निवासमा सोमबार श्रद्धान्जली व्यक्तगर्नेको ओईरो लागेको छ । काँग्रेस प्रभावशाली नेता डा. शेखर कोईरालाका दाजु निरञ्जनको केहि दिन अघि उपचारका क्रममा दिल्लीमा निधन भएको थियो ।

निरञ्जनको आत्माको चिरशान्तिको कामना गर्दे कांग्रेसीरुले समवेदना व्यक्त गरिरहेका छन । निवासमा एकै दिन सोमबार ४ वटा समेदना व्यक्त भए । नेपाली कांग्रेस मोरङ सभापती डिगबहादुर लिम्बुको संयोजकत्वमा आएको कांग्रेस जिल्ला कार्यसमीतीको टोलिले श्रद्धान्जली व्यक्त गरेको छ । सो टोलिमा नेका मोरङ उपसभापती भक्तीनाथ माझी ,शिवनारायण सिंह गनगाई, सचिव नागेश कोईराला , मोदराज घिमिरे , जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्के लगायतको सहभागिता थियो ।

त्यस्तै क्षेत्र न. ४ ले श्रद्धान्जली व्यक्त गरेको छ । क्षेत्रीय सभापती विनोद बस्नेतको नेतृत्वमा श्रद्धान्जली व्यक्त गरेको हो । श्रेत्रीय समीतीका पदाधिकारीहरु , महासमिति सदस्य विश्वनाथ रिजाल, ईन्दिरा कार्की काँग्रेस नगर सभापती भिम पराजुली लगायतको सहभागिता थियो । त्यस्तै क्षेत्र न. (६) (ख) का सभापती जितेन्द्र गोल्छा , विराटनगर वडा न. ९ का अध्यक्ष विश्वनाथ भगत  लगायतको सहभागिता थियो ।

त्यसैगरी विराटनगर वडा न. १२ बुथ सभापती हरीनारायण यादव लगायतको टोलिले श्रद्धान्जली व्यक्त गरेको थियो । त्यस्तै नेपाल महिला संघ मोरङका अध्यक्ष शान्ता पौडेलको संयोजकत्वमा कोईराला निवास पुगेको टोलिले श्रद्धान्जली व्यक्त गरेको छ । समवेदना पत्र वाचन गर्दै नेपाल महिला संघकी नेतृ रुकमिणि कोईराला मार्फत हस्तान्त्रण गरिएको थियो । सबै श्रद्धान्जली पत्र काग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालालाई हस्तान्त्रण गरिएको थियो ।

श्रद्धान्जली समपर्ण कार्यक्रममा , नेका मोरङका पुर्व सचिवहरु यदुकुमार विष्ट , मदन संग्रौला , विरानटगर ७ का वडा अध्यक्ष मधु तिवारी तरुणदल मोरङका अध्यक्ष संञ्जय थापा लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया