विराटनगर,सरकारको असंबैधानिक कदम विरुद्ध नेपाली काँग्रेस जहदाले विरोध कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसद्वारा देशभरका सबै स्थानीय तहमा आयोजना गरेको विरोध कार्यक्रम अंतरगत मोरङको जहदा गाउँपालिकाले सरकारको असंबैधानिक कदमका विरुद्ध विरोध सभाको आयोजना गरेको हो ।

 

 

जहदा गाउपालिकाको सभापति महेन्द्र मण्डलको सभापपतीत्वमा सम्पन्न विरोध कार्यक्रममा बोल्ने बहुसंख्यक बक्ताहरुले ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक कदमको विरोध गरेका थिए । वक्ताहरुले संविधानमै नभएका बुदाहरुलाई प्रयोगगरेर गरिएको संसद विघठनको विरोध गरेका थिए । प्रधानमन्त्रीले असंबैधानिक कामगरेर राजनीतिक अपराध गरेको समेत आरोप लगाएका छन ।

कार्यक्रममा नेका मोरंगका जिल्ला प्रतिनिधि , जिल्ला सदस्य , विद्यार्थी शाखा प्रमुख राजुमास्के , नेका मोरंगका पुर्व उपसभापती जगरनाथ मण्डल,प्रमुख अतिथी तथा नेका महासमिती सदस्य अशोक शाह,विशिष्ट अतिथी नेका आमन्त्रित केन्द्रीय सदस्य हसन अनसारी,अन्सारी ,नेका मोरंग प्रशिक्षण विभाग प्रमुख फुलकुमार लालवानी, नेका जिल्ला सदस्य राजेश गुप्ता,नेका क्षेत्रीय सभापति दिलिप पोखरेल,नेका मोरग विधार्थी शाखा सदस्य दिनानाथ आचार्य ,नेवि सघ नेता अकित भट्टराईको सहभागी थियो

तपाईको प्रतिक्रिया