परिर्वतनका हातहरु नामको सामाजिक संस्थाको एक समारोहका विच विराटनगरमा भव्यरुपमा उद्घाटन भएको छ । नेपाली काँग्रेस मोरंगका जिल्ला सदस्य एवम विद्यार्थी शाखा प्रमुख राजु मास्केले सो संस्थाको उद्घाटन गर्नु भयो । संस्थाका संस्थापक अध्यक्ष केशब भण्डारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा विशेस अतिथी प्रेसयुनियनका पुर्व केन्द्रीय सदस्य तथा प्रेस युनियन मोरंगका सल्लाहाकार एव्म न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेल हुनुहुन्थ्यो ।

सस्थाका सचिब श्री राजेस खड्का ले कार्यक्रमको सन्चालन गर्नुभएको थियो । यस्तै जोशिला युवा अङ्कित भट्टराई को समेत उपस्थिति रहेको थियो । यस्तै सस्थाको उपाध्यक्षमा रमेस सोरेन , सह सचिब मदन निरौला र कोसाध्यक्ष निसा नेपाल हुनुहुन्छ । साथै संस्थापक सदस्यहरू सबैलाई संस्थाको परिचय पत्र पनि बितरण गरिएको हो ।

सो संस्थाले समाजका विविध क्षेत्रमा काम गर्ने छ । कार्यक्रममका प्रमुख अतिथी मास्केले युवाहरुले जब सम्म सामाजिक उत्तरदायित्व बहन गर्न सक्दैनन तब सम्म समाज कुनै पनि हालतमा रुपान्तरण गर्न नसक्ने ठोकुवा गर्नु भयो । युवाहरुलाई सबैले हौसल्लाह दिनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका नितीहरुलाई पर्रीर्वतन गर्न आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया