नेपाली काग्रेस मोरंगका जिल्ला सदस्य एव्म विद्यार्थी शाखा प्रमुख राजु मास्केले नेकपाको आन्तरीक झगडाले लोकतन्त्र संकटमा परेको आरोप लगाएका छन । प्रधानमन्त्रीले संविधानमा कतै नभएको अधिकार प्रयोग गरेर असंविधानक कामगरेको नेता मास्केको भनाई छ । मोरंगको झोराहाटमा आयोजित विरोध सभालाई संम्बोधन गर्दै नेता मास्केले काग्रेसले आदालतको निणर्य स्विकार गर्ने बताए ।

अदालतले लोकतन्त्रको रक्षा गर्ने विस्वास व्यक्त गरे । नेकपा नेतृत्वको सरकारले मुलुक र जनताकालागी केहि गर्न नसकेको आरोप लगाएका छन । सरकारनै विभिन्न अपराध कर्ममा लागेको मास्केको भनाई थियो । कार्यक्रम नेका ग्रामथान २ का सभापती ध्रृब नारायण माझीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा काँग्रेस नेता मनोज घिमिरे, क्षेत्रीय सचिव चन्दन चौधरी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया