विराटनगरको एक सामाजिक संस्था ‘परिवर्तनका हातहरुले सुकुम्बासी बस्तीमा जनचेतनामुलक कार्यक्रम गरेको छ । शनिवार विराटनगरको घिनाघाटमा आयोजित कार्यक्रममा शिक्षाले प्रत्यक्ष जिवनमा पार्ने सकारात्मक प्रभाव, दाइजो प्रथा र लैङ्गिक हिंसा अन्त्यमा शिक्षा र चेतनाको महत्व बिषयमा वक्ताहरुले बोलेका थिए। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केशव भण्डारीले जुनसुकै हिंसा रोकथाम र न्यूनीकरणका लागि शिक्षा नै प्रमुख विषय भएको बताए । यस्तै कार्यक्रममा संस्थाका सचिब राजेस खड्का र सदस्य पवन कुमार ठाकुरले बोलेका थिए । कार्यक्रममा ८० जनाभन्दा बढिलाई बिस्कुट र चकलेट समेत वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया