सरकारको असंबैधानिक कदमका विरुद्ध टेडयुनियन कांग्रेसको अगुवाईमा कांग्रेसका सुभेच्छुक संस्थाहरुले माघ २४ गते हाटखोलाको मैदानमा विरोध सभा गर्ने भएको छ ।नेका जिल्लाका पदाधिकारीहरुको बैठकले सरकारको लोकतन्त्र विरोधी कदमले संविधानमाथिको हस्थछेपका विरुद्ध  टेडयुनियन कांग्रेसको अगुवाईमा कांग्रेसका सुभेच्छुक संस्थाहरुले  आन्दोलन गर्ने भएका हुन ।


नेपाली कांग्रेस  मोरंग सभापती डिगबहादुर लिम्बुले २४ गतेको आन्दोलनलाई कसरी भव्य बनाउने भन्ने बारे सुभेछुक संस्थाका नेताहरु लाई कांग्रेसको जिल्ला पार्टी कार्यालयमा बोलाई  सुझाव माग्नु भएको थियो । सो कार्यक्रममा नेका मोरंग उपसभापती भक्ती नाथ माझी , शिवनरायण सिंह , सचिव मोदराज घिमिरे ,नेपाली कांग्रेस मोरंग  जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजु मास्के , नेपाल ट्ेडयुनियन काँग्रेसका प्रदेश १ का संयोजक नारायण बाबु कार्की,क्षेत्र न. ५ का सभापती दिलीप पोखरेल, नेका विराटनगर सभापती तथा विराटनगरका मेयर भिम पराजुली , युवा नेता कृष्ण कार्की , तरुणदलका अध्यक्ष संन्जय थापा , विराटनगर सभापती सन्तोस न्यौपाने , जिल्ला सदस्य राम पोखरेल , प्राध्यपक अनिल पोखरेल , शैलेन्द्र शिबाकोटी , ईन्दिरा प्रसाई , कर्मचारी युनियनका नेता तोय तिम्सीना, चन्द्र कटटेल, प्रेस युनियनका सचिव गोपाल पोखरेल लगायतले आन्दोलनलाई कसरी सफल बनाउन सहभागीता रहेको थियो ।

कार्यक्रममा केही सहभागीहरुले आन्दोलनलाई कसरी सफल बनाउने भन्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया