विराटनगर,९ साउन ः स्विस सरकारले उपलब्ध गराएकामध्ये दुई वटा मेसिन प्रदेश १ सरकारलाई हस्तान्त्रण भएको छ । शुक्रबार एक कार्यक्रमबीच मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री माननीय जसमाया गजमेरसमेत सहभागी भई स्विजरल्याण्ड सरकारका प्रतिनिधि अमन गोन्छेबाट प्रदेश सरकारलाई पीसीआर मेसिन विराटनगरमा हस्तान्तरण भएको हो । बाईट ः शेरधनराई , मुख्यमन्त्री , प्रदेश १ हस्तान्तरण भएका अत्याधुनिक मेसिन शुक्रबार नै मेची अस्पतालमा लाने निर्णय भएको छ । यसको दैनिक परीक्षण क्षमता ९० रहेको बताइएको छ । मेची अस्पतालमा ल्याब संचालन गर्न प्रदेश सरकारसमक्ष सांसदहरुले ध्यानाकर्षण गर्दै आएका थिए । त्यस लगत्तै सामाजिक विकास मन्त्रीसहित प्राविधिक र चिकित्सकको टोलीले मेची अस्पतालमा ल्याब रहने स्थानको भौतिक पूर्वाधारबारे जानकारी लिई स्थानीयसँग छलफल गरेको थियो । झापाको मेची अस्पतालमा साउन १२ गतेबाट पीसीआर प्रविधिबाट कोरोना परीक्षण सुरु हुने भएको छ । झापा प्रदेश १ मै सबैभन्दा धेरै संक्रमित फेला परेको जिल्ला हो ।

तपाईको प्रतिक्रिया