विराटनगर ३ ले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ७ जनालाई सम्मान गरेको छ । आफ्नै कार्यलयमा मंगलबार एक समारोह आयोजना गरि पुर्व अर्थमन्त्री तथा सो कार्यक्रमका प्रमुख अतिथी महेश आचार्यको हातबाट सम्मान गरिएको हो । वडा अध्यक्ष विनोद बस्नेतको अध्यतामा सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका महासमीती सदस्य विश्वनाथ रिजाल ,विराटनगर ९ का अध्यक्ष विश्वनाथ भगत , विराटनगर ४ का अध्यक्ष देवेन्द्र पोखरेल, कांग्रेसका युवा नेता कृष्ण कार्की , कांग्रेसका युवा नेता दिपक चपाँगाँई , नेता सत्रुधन पौडेल , लगायतको सहभागिता थियो ।

कार्यक्रममा व्यवसायी गोपाल काफ्ले , युवा विकास भण्डारी , उत्तम तिम्सीना, रमेश गुरुग, आशिस ओझा, राजन तिमसीना, सुमन घिमिरे लाई कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले कोरोनाको बेला विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याएकाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

तपाईको प्रतिक्रिया