नेपाली कांग्रेस मोरंगका जिल्ला सदस्य , विद्यार्थी शाखा प्रमुख राजु मास्केले कांग्रेस नेता नविन्द्र राज जोशिको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । सामाजिक संञ्जालमा नेता जोशिको स्वास्थ्य चाडै निकोहोस भन्ने उद्देश्यले स्वास्थ्य लाभको कामना गर्नुभएको हो । मास्केले जोशिको तस्विर राखेर स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल भएपछी मध्यराति १२ बजे बायाँ हात चल्न छोडेपछि १ बजे वीर अस्पताल पुर्‍याइएको थियो ।उपचारकै क्रममा जोशी बेहोस भएपछि त्यहाँ सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्तश्राव देखिएको थियो । डाक्टरकै सल्लाहमा जोशीलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा साढे ३ बजे विशेषज्ञ डा .राजीव झा नेतृत्वको टोलीले उपचार गर्दासम्म जोशी कोमामा गएका थिए । जोशिको स्वास्थ्य अवस्थामा सुधार भईरहेको बताईएको छ ।

 

तपाईको प्रतिक्रिया