रमेश कार्कीले कोरोना कालमा मास्कको कालोबजारी गर्ने लाई पक्राउगरी कानुनी दायारामा ल्याएका थिए । दुई बोरा मास्क र केहि थान सेनीटाईजर कालोबजारी गर्ने एक व्यापारीलाई पक्राउ गरेका थिए । कोरोना कालमा कार्की विहान ६ बजे उठ्थे महनगर क्षेत्रका जनातालाई कोरोना सम्बन्धि सचेतना जगाउन गई हाल्थे । कहिले कोरोना संक्रमीतको व्यवस्थापन मिलाउन व्यस्त हुन्थे त कहिले लकडाउनको बेला समस्यामा परेका जनतालाई सहयोग गर्थे । कोरोना संक्रमीतहरुलाई महानगरमा राख्न बनाईएका विभिन्न क्वरेनटाईनको व्यवस्थापन देखि लिएर संक्रमीतहरुको व्यवस्थापनमा कार्की आफै अहोरात्र खटेका हुन । संक्रमितहरुको सेवा गर्दै गर्दै कार्की आफै संक्रमीत भए । केहि समय उनलाई स्वासप्रश्वासमा पनि समस्या भयो । कोशि कोरोना अस्पतालमा समेत अक्सिजनको साहारा लिएर बसेका थिए ।  विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएकामा क्षमायाचना मागे । कार्कीले भने , म सबै मिडिया प्रति सम्मान गर्छु । उनले भने , जुन जुन मिडियाले म बिरुद्ध समाचार लेखे ती मिडियाहहरु प्रति अनुरोध एवम भक्कानिदै भने , म स्वास्थ्य शाखाको हैसियतले भुलवस गल्ति त भयो तर मैले जानेर गरिन । उनले भने , म अस्वस्थ्य थिए । संचारकर्मी साथिहरुले मलाई एक पटक फोन सम्पर्क गर्दा हुन्थ्यो । मैले जानेर किमार्थ यस्तो गर्न नसकिने , कार्कीले बताए ।विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका संयोजक रमेश कार्कीले उपमेयरको न्यायीक सुनुवाई समितिको इजलाश कक्षमा रहेको टेबलमाथि खुट्टा राखेर बसेको फोटो सार्वजनिक भएकामा क्षमायाचना मागे ।संयोजक कार्कीले क्षमायाचना सहित जानकारी सम्बन्धको शिर्षकमा क्षमायाचना पत्र उप मेयर इन्दीरा कार्कीलाई दिनुभएको छ । तश्विरमा देखिएको दृश्य सहि भएपनि घटणा विविरण भने फरक रहेको छ । २०७७ असोज २२ गते कार्की कोभिड संक्रमित भए ।स्वास्थ्य महाशाखाको हैसियतले उनले गरेको कार्यको बिराटनगरवासीले सर्वत्र प्रसंसा गरिरहेको बेला पछिल्लो समय बिभिन्न समाजिक संजालमा आएको तस्विरको तथ्यपरक घटणा भने निकै पृथक रहेको छ ।लक्षण सहितको कोभिडबाट ग्रसित कार्कीको शरीर कमजोर मात्र भएन अस्पतालने भर्ना हुन पुगेका थिए ।त्यही दौरानमा कोभिड नेगेटिभ रिजल्ट आए पनि शारिरिक अस्वस्थता कायम नै थियो । कोभिडको लडाइमा नगरवासिको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै कार्यलय आएका कार्की आफनो शाखा जाने क्रममा तेश्रो तल्लमा रहेको न्यायीक समिति पुग्दै चक्कर र अस्वस्थ महुसुस गरेपछि सो शाखामा बिस्राम लिएका थिए । निवेदनमा उल्लेख बमोजिम तत्कालै बल्ड प्रेसर जाँचदा समेत लो प्रेसर देखिएको हुँदा मस्तिषक सम्मा रक्त संचालनका लागि मात्र टेबुलमाथि खुट्टा राखिएको तथ्य फेला परेको छ । कार्कीले यति हुँदा क्षमायाचना पत्र लेखेका छन् ।

 

तपाईको प्रतिक्रिया