विराटनगर ,फागुन २९ ,विराटनगरका ७ पत्रकारहरु लाई उद्योग सङ्गठन मोरङले सङ्गठनको ४८ औं बार्षिक साधारणसभाको अवसर सम्मानित गरेको छ ।

निष्पक्ष पत्रकारिताको माध्यमबाट नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सु–सुचित गराउन ठुलो भुमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरेका थिए ।

सम्मानित हुनेमा पत्रकार बन्धु पोखरेल,अनन्तराज न्यौपाने, मीनकुमार नवोदित , शंकर लुईटेल, अर्जुनकुमार आचार्य र तारा आचार्य  छन् ।

तपाईको प्रतिक्रिया