विराटनगर : कांग्रेस नेता अशोक कोइरालाको गएराति विराटनगरमा ७८ वर्षको उमेरमा निधन भएको छ । अशोक पूर्व प्रधानमन्त्री स्वः सुशील कोइरालाका भाइ हुन् । निमोनियाले सताएपछि कोइरालालाई विराटनगरस्थित न्यूरो अस्पतालमा तीन दिनअघि उपचारका लागि भर्ना गरिएको थियो ।
गएराति १ बजे उपचारका क्रममा कोइरालाको निधन भएको हो । अहिले उहाँको शव विराटनगरस्थित घरमा राखिएको छ । दिउँसो हाटखोलास्थित समसान घाटमा अन्त्येष्टी गरिने छ ।कांग्रेस सभापती शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, शेखर कोइराला काठमाडौँबाट विराटनगर आउँदै छन् । विराटनगरका पूर्वमेयर, संविधान सभा सदस्य कोइराला मोरङ कांग्रेसका पूर्व सभापति हुन् । शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको अध्यक्ष हुदा अशोक कोइराला उपाध्यक्ष थिए ।

तपाईको प्रतिक्रिया