विराटनगर,१२ चैत ः विराटनर्सीङ होम छेउको खेल मैदानमा आज सम्पन्न कर्परेट क्रिकेट लिगको उपाधि विराटनगरको बबा बोईज ईलेभेनले जितेको छ ।खेलाडी मुकुन्द राठीका अनुसार १२ वटा कर्परेट टिमहरुको सहभागिता रहेको सो खेलमा बाबा बोईज पहिलो पल्ट सो प्रतियोगितामा भाग लिएको हो । भाग लिएको पटक बाबा बोईजले जित हासिल गरेको हो ।


आज भएको फाईनल खेल ग्रिन प्लाई उद्योग र बाबा बोईज विच स्पर्धा भएको थियो । टस जितेर व्याटिग रोजेको बाबाले १ सय ७ रनको लक्ष्य दिएको थियो । निर्धारित समयमा ग्रीन प्लाई १ सय ५ रनमा समेटियो । सो प्रतियोगिताको म्यान आफ द सिरीज धिरज शर्मा घोषित भए, टफि सर्टिफिकेट , ३१ हजार नगद प्राप्त गरे । साथै बिजेता बाबा बोईजले टफि , नगद ४१ हजार , सटिफिकेट , मेडलहरु प्राप्त गरेको छ ।
सो प्रतियोगिताको सेमि फाईनल खेल आजै सम्पन्न भएको थियो । बागमती प्लास्टिक उद्योग र बाबा बोईज बिच स्पर्धा भएको थियो । सो स्पर्धामा बाबा बोईजले नै बाजी मारेको खेलाडी मुकुन्द राठीले जानकारी दिए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया