काठमाण्डौ मेडिकल कलेजले धादिङको मलेखुमा बुधबार निशुल्क एक दिने स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय राजमार्ग सामुदायिक आँखा अस्पताल संगको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरिएको हो ।
शिविरमा ७ सय ८३ सेवाग्राहिले सेवा लिएको केएमसिका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालमा अनुसार १ सय ९५ जनाको ल्याव टेस्ट , एक सय पचासि जनाको भिडियो एक्सरे गरिएको छ ।
के एम सिले पछिल्लो समय निशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिदै आएको छ । यस अघि काठमाण्डौ , भक्तपुर , ललीतपुर , नुवाकोट लगायतका जिल्लामा निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेको थियो ।


समाजसेवी डा. सुनिल शर्माले के एम सिको नेतृत्व सम्हालेपछी के एम सिले विभिन्न ठाउमा जनताको निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई प्रभावकारी तरिकाले अघाडि बढाएको छ ।
यता नोव अस्पतालका संञ्चालक समेत रहेका शर्माले प्रदेश १ का विभिन्न जिल्लाका सर्वसाधारणलाई प्रभावकारी सेवा प्रधान गर्दै आएका छन । काँग्रेसको तर्फबाट मोरंग क्षेत्र .न. ३ का प्रतिनिधि सभाका उमेदवार समेत भईसेका शर्मा विपन्न परिवारमा जन्मेका थिए । बेलबारीको काकुम घर भएका शर्मा कुनै समय रिक्सा चालकको समेत काम गरेका थिए ।
विपन्न परिवारमा जन्मेको भएर शर्माले गरिव दिन दुःखीहरुलाई लक्षीत गरेर निशुल्क स्वास्थ्य शिबिर संञ्चालन गरेका हुन । उनले भनेको स्मरण गर्दै स्थानीय केशव कार्की भन्छन, पैसाको अभावले उपचार नपाएर कोहि पनि मनुनपरोस,शर्मा भन्नु हुन्छ । अब केएम सि ले अझै प्रभावकारी तरीकाले निशुल्क उपचार सेवालाई अघाडि बढाउने छ ।

तपाईको प्रतिक्रिया