विराटनगर, मोरंगको उर्लाबारीमा मंगलबार महिलाहरुलाई नेतृत्व सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मोरंगको क्षेत्र न. २ का महिलाहरुलाई लक्षीत गरेर नेतृत्व सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएको हो ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसद डा. मिनेन्द्र रिजालको आयोजनामा सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै विराटनगर महानगर पालिकाकी उपप्रमुख ईन्दिरा कार्कीले महिलाहरुले आफ्नो नेतृत्व विकास कसरी गर्ने भन्ने विषयमा सहजिकरण गर्नुभएको थियो । उपप्रमुख कार्कीले न्याय सम्पदन कसरी भईरहेको छ भन्ने विषयमा आफ्ना अनुभव सहभागिलाई सुनाउनु भएको थियो ।कार्यक्रममा उल्लेखिय महिलाहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया