आजको दिन तेसै आएको होईन समय तो बेलाको हो जुन बेला वि.स २००४ सालमा भएको ‘जयतु संस्कृतम्’ आन्दोलन जसतो झट्ट हेर्दा शिक्षा क्षेत्र सुधारको आन्दोलन गरिएको थियो । जयतु संस्कृतम् आन्दोलन तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश हुनुपर्छ भनी शुरू गरेको आन्दोलन थियो ।

 

तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीउपर दमन गर्न थाले। यस आन्दोलनको विधार्थी नेतृत्वकर्ताहरू श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तिहरूले गरेका थिए। राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भएपछि २०२७ साल बैशाख ६ गते
हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको थियो। नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको विधार्थी सगठन हो । प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न सकिँदैन।
नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो। जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसकारण अग्रजहरुको गौरवपूर्ण इतिहासलाई हार्दिक नमन । वीर शहिदहरु राम, लक्ष्मण ,श्यामसुन्दर श्रेष्ठ ,लिला, ठगी ,कुशेश्वर ,कामेश्वर, राजन गिरी आदी हरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको उपलक्ष्यमा सम्पुर्ण विधार्थीहरूमा नेपाल विधार्थी संघको संगठनलाई संस्थागत रूपमा ब्यवस्थापन गर्नको लागी अग्रजहरूले देखायो मार्गदर्शनमा लाग्न मुल्य मान्यता सिद्धांत आदर्शको राजनीतीलाई सामाजिक उत्तरदायित्व बहन गर्न म होईन हामी भन्ने सोचको अभियानमा लागु भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
लेखक : राजु मास्के ,नेपाली काग्रेस जिल्ला कार्यसमिति  सदस्य तथा विधार्थी शाखा प्रमुख हुन

 

तपाईको प्रतिक्रिया