विराटनगर, वैशाख १९ : नेपाल तरुणदल विराटनगर महानगर समितिले अग्रपंत्तीमा खटिने संचारकर्मीहरूलाई मास्क र सेनिटाइजर बितरण गरेको छ । आज नेपाली कांग्रेस मोरङको पार्टी कार्यालमा एक कार्यक्रमको आयोजना गरी नेपाल तरुण दल नगरसमिति विराटगरले नेपाल प्रेस युनियन मोरङका पदाधिकारीलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजु मास्के, नेपाल तरुणदल नगरसमिति विराटनगरका अध्यक्ष सन्तोष न्यौपानेलगायतले नेपाल प्रेस युनियन मोरङकाका उपाध्यक्ष विनोद सुवेदी, सचिव गोपाल पोखरेललगायतका पदाधिकारीलाई मास्क र सेनिटाईजर हस्तान्तरण गर्नुभएको थियो ।

नेपाल तरुणदल नगरसमितिका अध्यक्ष सन्तोष न्यौपानेले तरुणदल नगरसमितिले कोरोना महामारीमा अग्रपंक्तीमा रहेर काम गर्ने प्रहरी, पत्रकार र स्वास्थ्यकर्मीलाई बितरण गरिएको जानकारी दिनुभयो । उहाँले ट्राफिक प्रहरी र नेपाल प्रेस युनियनमा आबद्ध पत्रकारहरूलाई मास्क र सेनिटराईजर बितरण गरिसकिएको र स्वास्थ्यकर्मीहरूलाई सोमबार बितरण गरिने जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सांसद विन्दिया कार्की, नेपाल विद्यार्थीसंघका पदाधिकारीहरू तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष शेखर रेग्मी, प्रेस युनियन मोरङका पूर्व अध्यक्ष मीनकुमार नवोदितलगायतको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया