विराटनगर–१० स्थित कोशी कोरोना उपचार केन्द्रमा विद्युत आपूर्ति सहज न हुदा ६ जना संक्रमितको ज्यान गएको विषयलाई लिएर नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले आपत्ति जनाएको छ ।सामाजिक संञ्जाल फेस बुकमा स्टाटस लेख्दै प्रदेश १ कांग्रेस संसदिय दलका प्रमुख सचेतक केदारकार्कीले भनेका छन, ,केही दिन अगाडि बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान को र अहिले फेरि बिराटनगर को कोशी कोशि अस्पताल मा अक्सिजन सप्लाइ को कमि ले एकै पटक आधा दर्जर्न मानिस को ज्यान जानू लाई मजाक को रूपमा न लिइ छान बिन गरियोस गैर जिम्मेवार सरकार छिटो निन्द्रा बाट बिउझेको राम्रो यस्को जिम्मेवार सरकार र अस्पताल ब्यबस्थपन ले लिनु पर्दछ, ।
हावाहुरी र भारी बर्षाका कारण बिहीबार बेलुका विधुत काटिएपछि अस्पतालको उपकरणहरु नचलेर संक्रमित बिरामीको ज्यान गएको हो । अस्पतालले सहज विधुत आपुर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न छोडेर संक्रमितको ज्यान गएको श्रोतको दाबी छ । तर अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेर मुटुले समेत काम गर्न छोडेपछि उनीहरुको ज्यान गएको जनाएको छ । जसमा बिहीबार बेलुका १ जना, राती करिब १२ बजे २ जना र शुक्रबार बिहान ३ जना गरि २ महिला र ४ पुरुषको मृत्यु भएको अस्पतालका चिकित्सक डा. डेनप्रसाद आर्चायले बताए ।‘अस्पतालद्धारा जारी मृत्यु प्रमाणपत्रमा श्वासप्रश्वास र मुटुको समस्या कारण मृत्यु भएको उल्लेख गरिएको छ’, उनले भने, ‘बिहीबार राती ट्रान्सफर्मरमा समस्या देखिएको हो । पहिले विधुत कटेपछि स्वतः ट्रान्सफर्मर चल्थ्यो । तर हिजो लाईन गएपछि मान्छे राखेर बटम थिच्दै ट्रान्सफर्मर सुचारु गर्नुपरेकाले अलि अप्ठयारो भएको हो ।’

 

तपाईको प्रतिक्रिया