विराटनगर । कसैलाई अक्सीजन आवाश्यक परे तुरुन्त बोकेर कोरोना संक्रमीतको घर पुग्नुहुन्छ सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिव ढकाल । नम्रस्वभावका धनी ढकाल नगरका कोरोना संक्रमीत सबै जनतालाई समान व्यभार गर्छन । सो नगरमा ७४० संक्रमीत छन । त्यो मध्ये ६ ५५ सक्रीय संक्रमित छन । सबै संक्रमितको अवस्थाको बारेमा बेलाबेलामा सम्पर्क गरेर बुझिरहनुहुन्छ । त्यतीमात्र होईन । मेयर ढकाल चिकीत्सक सहतिको टोलि लिएर संक्रमीत सबैका घरघरमा पुग्नु हुन्छ । उहाँको यो कामको चौतर्फी तारिफ छ ।
मेयर ढकाल चिकीत्सक लिएर संक्रमित संग प्रत्यक्ष भेटेर हौसल्ला र आत्माबल प्रदान गर्ने गर्छन । त्यतिमात्र होईन मेयर ढकाल साथमै चिकित्सक लिएर जानुहुन्छ र संक्रमितको स्वास्थ्य अवस्था चेकजाँच गर्छन । मयर ढकाल स्वास्थ्य अवस्था बुझ्न र आवश्यक सल्लाह र औषधी दिनुका साथै सचेतना जगाउन समेत संक्रमितका घर पुगेर प्रत्यक्ष भेटनुहुन्छ र सचेतन जगाउनु हुन्छ । अन्यत्र संक्रमण नफैलियोस भनेर संक्रमितहरुलाई सचेत गराईएको मेयर ढकालको भनाई छ । मोरङको दोस्रो ठुलो सहरको रूपमा विकास हुँदै गरेको सुन्दरहरैचाका प्रमुख ढकाल कोरोना संक्रणबाट त्रसित बनेका सङ्क्रमित आफ्नै घर आँगनमा औषधीसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुसी लागेको बताउँछन्।

 

 

तपाईको प्रतिक्रिया