विराटनगर, कोरोना संक्रमणको प्रवाह नगरी विराटनगर महानगरपालिकाकी उप प्रमुख ईन्दिरा कार्कीले अनुगमन लाई निरन्तरता दिनुभएको छ ।निशेध आज्ञा सुरु भएदेखि नै कोरोनाको प्रवाह नगरी विराटनगर महानगरकी उप प्रमुख ईन्दिरा कार्की अनुमगनमा सक्रिय हुनुहुन्छ ।
निशेध आज्ञा सुरु भएको करिब एक महिना देखि नै खाद्य सामाग्री तथा औषधि एव्म उपभोग्य बस्तुको मुल्य बढेको जन गुनासो आउन थालेपछी उप प्रमुख अनुगमनलाई निरन्तरता दिनुभएको हो ।गत वर्षको लक एक महिनाको डाउनमा पनि उपप्रमुख कार्की अनुगमनमा सक्रिय हुहुन्थ्यो । गत वर्ष करिब १ सय ५० व्यपार व्यवसायीहरुका पशलमा अनुगमन गरिएको थियो ।यो वर्ष अनुगमन गर्ने क्रम जारी छ । हाल सम्म १ सयको हाराहारीमा व्यपारीक फर्महरुमा अनुगमन गरिएको बताईको छ । किराना, तरकारी , औषधि लगायतका उपभोग्य बस्तु विक्री गर्ने पशलहरुमा अनुगमन गरिएको छ । उप प्रमुख कार्की संग मातहतका कर्मचरीहरु प्नि सहभागि थिए ।

तपाईको प्रतिक्रिया