विराटनगर,लायन्स क्लब अफ विराटले शुक्रबार जहदा गाँउपालिका वडा न. २ को आईसोलेशनका सर्वसाधारणलाई उपभोग्य तथा खाद्य सामाग्री वितरण गरेको छ ।

लायन्स क्लब विराटका पुर्व अध्यक्ष मुकेश उपाध्य , लायन्स विराटका अध्यक्ष राजेश लखौटियाको उपस्थितिमा झुल वितरण गरेको छ । त्यसैगरी समाजसेवि जस्मीन मण्डलको समन्वयमा सम्पन्न सो कार्यक्रममा जस्मीनले नास्ता वितरण गर्नुभएको छ । खानेकुरामा बिस्कुट ,चाउचाउ , लगायतका खद्य पदार्थ वितरण गरिएको थियो । कार्यक्रममा लियो मुकेश पासवानको पनि सहभागिता थियो ।

 

तपाईको प्रतिक्रिया