विराटनगर,२२ जेठ  : कोरोनाको दोश्रो चरणको लहरबाट बढी खेलकुद क्षेत्र प्रभावित भएका एक कार्यक्रमका वक्ताहरुले बताएका छन । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले कोभिड १९ को कारण खेलकुद क्षेत्रमा देखिएको प्रभाव र कोभिडबीच खेलक्षेत्रको सक्रियताका बारेमा आयोजना गरेको भचुअल कार्यक्रमका वक्ताहरुले सो विचार व्यक्तगरेका हुन ।

कार्यक्रममा राखेपमा सदस्यहरु इन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्नु परेको प्रभावका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको सभापतीत्वमा सम्पन्न कार्यक्रमको सहजकर्ता नेपाली काँग्रेस जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजु मास्केले गर्नुभएको थियो । कोरोना र त्यसको प्रभाव, सुरक्षाको उपाय, र खेल क्षेत्रलाई चलायमान गर्ने सम्बन्धमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा मुख्य वक्ता राखेपका पूर्व चिकित्सक अजय समशेर जंगबहादुर राणाले कार्यक्रमका सहभागीलाई जानकारी गराउनुभयो । कोभिडका कारण नेपाली खेलकुद क्षेत्रपनि ठप्प छ । कोभिडकै कारण केहि खेलकर्मीले पनि ज्यान गुमाएका छन् । खेलकुदका सम्बन्धित ब्यक्तिहरु संक्रमणका कारण आईसोलेसन र अस्पतालमा उपचार गराईरहेको पनि कार्यक्रममा जानकारी गराइयो । कार्यक्रमको सहजकर्ताका रुपमा संघका महासचिव फणिन्द्र पौडेल थिए ।कार्यक्रमलाई राखेपमा सदस्यहरु इन्दिरा निरौला, रिम रानाभाट, तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ लगायतले कोभिडका कारण खेलकुद क्षेत्रले भोग्नु परेको प्रभावका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । राखेप सदस्य निरौलाले आफुले जावलाखेलमा सुविधा सम्पन्न आईसोलेसन सेन्टरको स्थापना गरेको र खेलकुद संग सम्वन्धितहरुको सक्दो जानकारी राखेको र समस्या समाधानका लागि पहल गरिरहेको जानकारी गराउनुभयो । पहिलो चरणको कोभिडबाट सामान्य प्रभावमा रहेको खेलकुद क्षेत्र दोश्रो थलापरेको संघको भनाई छ ।

तपाईको प्रतिक्रिया