विराटनगर वडा न. ९ ले बुधबार कोरोनाको खोप बहिस्कार गरेको छ । महानगरपालिकाले खोप कम पठाएपछी बहिस्कार गरेको वडा अध्यक्ष विश्वनाथ भगतले जानकारी दिनुभयो । ३ सय मानिसलाई लगाईनुपर्ने खोपमा १ सय १९ वटा मात्र खोप पठाएपछी वडा अध्यक्ष भगत आक्रोसित हुनुभयो र वडा अध्यक्ष भगतले खोप बहिस्कार गर्ने निणर्य लिएको जानकारी दिनुभयो ।


महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीले वडा अध्यक्षले दिएको डाटालाई बेवास्ता गर्दै मनोमानी तरीकाले खोप पठाएपछी बहिस्कार गर्न बाध्य भएको अध्यक्ष भगतले बताउनुभयो । वाडा ९ को कार्यलयमा खोप लगाउन आउने सर्वसाधारणहरुले नगारपालिकाले खोप कम्ती दिएको भन्दै आक्रोस व्यक्तगरेका छन । विराटनगर महानगरका स्वास्थ्य शाखा प्रमुख रमेश कार्की सम्पर्क बिहिन हुनुन्छ । कार्यलयको समयमा उहाँको सम्पर्क नम्मर लाग्दैन ।

जनतालाई खोप लगाउने बेलामा फोन नलाग्ने बनाएर कार्यलयमा आन्दसंग बसेका छन कार्की । स्वास्थ्य शाखाका कर्मचारी अमर दिपले कुनै प्रतिक्रीया दिन मानेनन ।उनले आफुलाई त्यो समन्धि केहि थाहा नभएको प्रतिक्रिया दिए ।

 

तपाईको प्रतिक्रिया