कर्णाली प्रदेशमा कोभिड विरुद्ध अभियानको छैठौ श्रृखला सम्पन्न भएको छ । सांसद डा. डिला संग्रौलाको संयोजकत्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी कर्णाली प्रदेशका कांग्रेस संसदिय दलका नेता जिवन बहादुर साहि हुनुहुन्थ्यो ।

कार्यक्रम जानकी सिंहले संञ्चालन गर्नुभयो । त्यसैगरी सहजकर्ता नेका मोरंगका जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजुमास्के रहनुभएको थियो । कार्यक्रममा डा.आरपि बिच्छा, मदन भण्डारी , विनोद घिमिरेको सहभागिता थियो ।

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य टिएन योगि , पुर्व मन्त्री हस्तबहादुर मल्ल, पुर्व मन्त्री गोपाल जित जंग साह लगायतको सहभागिता थियो ।जिल्लाका कांग्रेसका जिल्लाका नेताहरु एन बहादुर साहि , केशव रोकाय डोल्पा ,मञ्जन बहादुर कार्की मुगु, यशोदा साहि कालीकोट , भुपेन्द्र बहादुर साहि दैलेख , लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा तिनै जना चिकीत्सकले कोरोनाबाट बच्ने उपायका बारेमा सुझाव दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता राजुमास्केले होम आईसोलेशनमा बस्दा हुने तनाव भईरहेको बिषयमा चिन्ता व्यक्त गर्नु भयो ।खानपानमा र बयाममा ध्यान दिनुपर्ने बताउदै कोरोना संक्रमण हुनबाट बताउनुपर्ने बताउनुभयो । अहिलेको अवस्थामा सरकारले स्वास्थ्य क्षेत्रमा कम बजेट बिनीयोजन गरेको अरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया