विराटनगर,५ असार : कोरोना कहरका बेला नेपाल तरुणदलको उपाध्यक्ष खेम थापा नेतृत्वको टोलिले हाटखोलाका सुकुम्बासी र यातायत मजदुरहरुलाई निशुल्क खाना खुवाउने कामलाई जारी राखेको छ ।गत वर्षको लक डाउनमा कोशि अस्पताल विराटनगरमा करिब दुई महिना बिमारीका कुरुवाहरुलाई खाना खुवाएको तरुदलले यो पटक हाटखोलाका यातायात मजदुर र सुकुम्बासीलाई लक्षीत गरेको हो ।

थापाले हाटखोलाको गिता मन्दिर छेउमा दैनिक १ सय पचास जनालाई खाना खुवाउदै आउनुभएको छ । कलडानउ भए यता १४ दिन सम्म दुईहजार एक सय जना सुकुम्बासी र यातायात मजदुर लाई निशुल्क भोजन गराई सक्नुभएको छ । निशेधआज्ञा नखुले सम्म यो कामलाई निरन्तर जारि रहने थापाको भनाई छ ।

विराटनगर बसपार्कबाट आफ्नै आँटले खाना खुवाउन सुरु गरेका थापालाई अहिले विराटनगर महानगरका प्रमुख भिम पराजुली र विराटनगर ७ का अध्यक्ष मधुतिवारीले केहि खाद्यन्न र पानि उपलब्ध गराएको थापाले बताए ।

 

 

 

तपाईको प्रतिक्रिया