विराटनगर,६ असार : नेपाल स्काउट विराटनगरले १२ वटा वडामा बिस्कुट, पाउरोटि , आईक्रिम वितरण गरेको छ ।
तदर्थ समितिका अध्यक्ष दिवस राजवंशीका अनुसार नेपाल स्काउटको ७० ओैं स्थापना दिवसको अवसरमा विराटनगरको १२ वटा वडामा बिस्कुट, पाउरोटि , आईक्रिम वितरण गर्नुका साथै कोरोना संक्रमणबाट मृत्यु भएकाको आत्मको चिर शान्तिको कामना गरिएको थियो ।

त्यसैगरी संक्रमीतहरु स्वास्थ्य लाभको कामना गर्दै भगवानसँग प्रार्थना गर्नुका साथै दिप प्रज्वलन कार्यक्रम गरिएको थियो ।
पहिलो र दोस्रो चरणमा गरेर विराटनगर १,२,३,४,५,६,७,८,९,१०,११ , १२ नम्मर वडामा बिस्कुट, पाउरोटि , आईक्रिम वितरण गरिएको अध्यक्ष दिवसको भनाई छ ।

वडाका स्थानीयहरुलाई बस्किुट र पाउरोटी वितरण गरिएको थियो भने विराटनगर महानगरमा सुरक्षार्थमा रहेका सुरक्षाकर्मीहरू नेपाल प्रहरी, ट्राफकि प्रहरी र नगर प्रहरीहरुलाई आईसक्रिम बितरण गरेको थियो ।

 

सो सामाग्री विराटनगर १ का अध्यक्ष उद्धब अर्याल, विराटनगर २ का अध्यक्ष कुमार पोखरेल, विराटनगर ३ का अध्यक्ष विनोद बस्नेत , विराटनगर ४ का अध्यक्ष देबेन्द्र पोखरेल, विराटनगर ५ का अध्यक्ष मिनकुमार आचार्य, विराटनगर ६ का अधयक्ष बिजय कामत ,विराटनगर ७ का अध्यक्ष मधुबाबु तिवारी , विराटनगर ८ काअध्यक्ष निश्चल अर्याल, विराटनगर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत (लालु) विराटनगर १० का अध्यक्ष माधवराज वाग्ले, विराटनगर ११का अध्यक्ष तिर्थेन्द्र न्यौपाने, विराटनगर १२ का अध्यक्ष हिरालाल कामतले हस्तान्त्रण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया