विराटनगर । पछिल्लो समयमा नेपाल प्रहरीका उच्च दर्जाका प्रहरी अधिकारीहरूको सरुवा भएसँगै बिभिन्न निकायमा प्रहरीको सरुवा भएको छ । तर प्रहरीकै सानो दर्जामा रहेका प्रहरीहरू भने ८ बर्ष देखि एउटै कार्यालयमा हैकम जमाएर बसेका छन् । पावर र पहुँचको भरमा आफुलाई पायक पर्ने कार्यालयमा आफ्नो डिउटि मिलाएर बस्ने गरेका छन् ।

विराटनगर ट्राफिक मा कार्यरत प्रहरी जवान लोक बहादुर कार्की लामो समय देखि एउटै कार्यालमा कार्यरत रहेका छन् । धनकुटामा ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान मनोज बराल धनकुटा भेडेटारमा कार्यरत प्रहरी हवल्दार राजन तामाङ, धरान ट्राफिकमा कार्यरत प्रहरी हवल्दार दिपराज अधिकारी, तरहरामा कार्यरत प्रहरी हवल्दार भुवन बि.क. लामो समयदेखि एउटै कार्यालयमा रहेकका छन् ।

प्रहरीको कार्यकाल एउटा कार्यालयमा एक बर्ष देखि २ बर्ष सम्म हुने गरेको भएपनी माथिल्लो निकायको पहुँचको आडमा उनीहरु लामो समय देखि एउटै कार्यालयमा कार्यरत रहेको पाइन्छ । धरानमा कार्यरत प्रहरी हवल्दार दिपराज अधिकारी भने मुख्यमन्त्रीको आफ्न्तको सोर्समा लामो समय देखि धरानमा कार्यरत रहेका छन् ।

उनलाई प्रहरीको कुनैपनी निकायले उक्त ठाउँ बाट सरुवा गर्न सकेका छैनन् । अधिकारी धरानमा कार्यरत रहँदा टिप्पर ब्यावसायी र अन्य ढुवानी ब्यावसायी बाट चल्लने गरेका छन् । यस बिषयमा प्रदेश नंम्बर १ का प्रहरी प्रमुख डिआइजी अरुण कुमार बिसिको पत्रकार सम्मेनमा आवज उठेको भएपनी हालसम्म उनहिरूलाई सोहि ठाउँमा यावत राख्नु पर्ने कारण संकास्पद सावीत भएको छ ।

तपाईको प्रतिक्रिया