- गोपाल पोखरेल

विराटनगर,३ साउन :ओली नेतृत्वको एमाले फुटेपछी प्रदेश १ सरकार ढल्ने संकेत देखिएको छ । शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले फुटेपछी राई नेतृत्वको सरकार अल्पमतमा परेको दावी छ ।
प्रदेश १ मा राई नेतृत्व सरकारको विकल्प खोज्ने प्रक्रिया सुरु हुनेछ । पार्टी फुटेपछी अब एमाले संग प्रदेश १ मा ३६ सांसद छन । एमाले (समाजवादी) संग १५ , काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् । नयाँ सरकार बनाउनका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन् । ९३ संसाद रहेको प्रदेश १ मा बहुमतका ४७ सांसद आवश्यक छ । कांग्रेस संसदिय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार दशै अगावै नयाँ सरकार बन्छ । नेकपा एमाले (समाजवादी)मा प्रदेश १ का प्रदेशसभा सदस्यहरूसरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, र कृष्णकुमारी राई छन । यसकारण यही गठबन्धनबाट नयाँ सरकार बन्ने संभावना बलीयो छ ।

तपाईको प्रतिक्रिया