विराटनगर, साउन ९ : नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरमा महानगर आवास योजना सुरू गरिएको छ ।
विराटनगर –१२ स्थित मलंगवा वस्ती व्यवस्थित गर्ने उद्देश्यले सो बस्तीका १ सय ४५ सुकुम्वासी परिवारलाई घडेरीको लालपुर्जा प्रदान गरिसकिएको र घर निर्माण गर्न लागिएको सम्पन्न बस्ती निर्माण सहयोग समितिले बुधबार आयोजना गरेको एक पत्रकार सम्मेलनमा प्रमुख सचेतक केदार कार्कीले जानकारी दिनुभयो ।

महानगर आवास परियोजनामार्फत सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर निर्माणको अभियान थालिएको हो । ३ विघा १६ कठ्ठा ५ धुर जग्गा ६ करोड ८८ लाख रुपैयाँमा जग्गा खरिद गरेर सुकुम्बासी लाई व्यवस्थीत गर्ने काम शुरु गरिएको हो । मलंगवा बस्तीका १ सय ४५ परिवारलाई जग्गाको लालपुर्जा दिएर सुकुम्वासीबाट मुक्त गरिएको त्यसैले घर निर्माणको काम भईरहेको कार्कीले बताउनुभयो ।सम्पन्न बस्ती निर्माण सहयोग समिति अध्यक्ष अरुण न्यौपानेको सभापतीत्वमा सम्पन्न पत्रकार सम्मेलनमा सचिब संञ्जीव चापाँगाई ,कोषाध्यक्ष शान्ता बस्नेत , सदस्य हरिशचन्द्र सहनी, निर्मला चौधरी , सुनिल थापा , जिना कार्की , हरिनारायण यादवको सहभागिता थियो ।
आवास परियोजना निर्माणकालागी समितिकी कोषध्यक्ष शान्ता बस्नेत ३ लाख ५० हजार , विराटनगरका मेयर भीम पराजुली ३ लाख ५० हजार ,ने.का. विराटनगर कावा सभापति अरुण न्यौपाने ३ लाख ५० हजार ,अक्षय सहनी १ लाख ५१ हजार ,सम्पन्न बस्ती निर्माण सहयोग समिति सदस्य निर्मला चौधरी १ लाख , ज्योति झा एक लाख , सुनील थापा एक लाख ,हरिनारायाण यादव रु. ५१हजार ,संजीव कुमार चापागाईं २५ हजार ,रवि साह रु.२१हजार ,अमृत साह रु.११ हजार ,प्रेम गुप्ता .५ हजार १ सय ,सुलेमान साफी ५ हजार १ सय,पिपल चौक युवा समूह एघार हजार र राजन भट्टराई १० बोरा सिमेन्ट सहयोग गरेका छन । आास परियोजना निर्माणकालागी सम्पन्न वस्ती विकास समितिको कृषि विकास बैंक कंचनबारी शाखामा खोलिएको खाता नं ०६०१८०१९४७९४४०१० मा रकम जम्मा गराई सहयोग गर्न सकिने छ

विपन्न र सुकुम्वासीलाई किस्तावन्दीमा रकम तिर्नेगरी घडेरी प्रदान गरिसकिएको बताईएको छ । सुकुम्वासीलाई घडेरी उपलब्ध गराउन जीवन विकास समाजबाट ऋण लिईएको बताईएको छ । पछी त्यो जग्गा खरिद गरेको रकम किस्ता बन्दीमा जग्गा धनिले नै तिनुपर्ने छ । तर ४ लाख ५० हजार रुपैया बराबरको घर निशुल्क पाउने छन ।सो आवास क्षेत्रमा १६ फुटको सडक, बिद्यालय, पिउने शुद्ध पानि , खेल्ने चौर , ग्रीनगरी , बिजुली बत्ती लगायतका सुबिधा रहने छन ।साथै सो आबास समुह निमार्ण गर्न केहि सामाजिक अभियान्ताहरुको समेत आर्थिक सहयोग रहने छ । तिन कोठा भएको घर हुने छ । साथै त्यसैमा चर्पी र बाथरुम समेत हुने बताईएको छ ।

अभियानमा जीवन विकास समाज, सहारा नेपाल, ह््याविटाटफर ह्युमानिटी, विराटनगर महानगरपालिकालगायतका संस्था तथा विभिन्न दाताहरूको सहयोगमा घर निर्माण गर्ने तयारी गरिएको छ । पत्रकार सम्मेलनमा कांग्रेस नेता अरुण न्यौपाने, हरिनारायण यादव, संञ्जीव चापाँगाई लगायतको सहभागिता थियो । नयाँ मोडलमा सुरू गरिएको महानगर आवास परियोजनाले सुकुम्वासीलाई आत्मनिर्भर बनाउने मात्रै नभई जग्गाको मालिक पनि बनाउने भएकाले संधै सुकुम्वासी भएर सडकका किनारामा बस्नु पर्ने अवस्थाको अन्त्य हुने निश्चित छ ।
महानगर आवास योजनाको गत चैतमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइराला, प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, उपमेयर इन्दिरा कार्कीलगायतलेशिलान्याश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया