ओलि सरकारका भुमि मन्त्री पद्मा अर्यालको भस्टाचार सम्बन्धि पोल खुल्दै दलालले मन्त्री र ब्यापारिहरूलाई फसाए र करोडौं कमाउन सफल भएको खुलासा।

गिरी बन्धु टि–स्टेट ,जग्गा कित्ताकाट ,जग्गा दर्ता ,हिमाल नापी ,डिजिटल सिस्टममा संलग्न दलालबीच आपसी लेनदेन र कमिशनको प्रतिशत रकममा मन्त्री अर्यालको किचन क्यबिनेट फुटसगै एक आपसमै असन्तुष्टीहरु चुलिए पछि सो प्रकरण मिडिया हुँदै विभिन्न सरोकारवाला निकायसम्म पुगेको छ।

पद्मा अर्यालसंगै २ बर्ष काम गरेका यी बिचौलियाहरू राजेस र गोबिन्दले भुमि सुधार मन्त्रालयका काम सम्बन्धित ब्यापारीहरु कालू गुरूङ ,दिपक मलहोत्रा, रामेश्वर थापा ,तारा सापकोटासंग परिचाय गराउनलाई पटक पटक खाली हात नभई दलालि भाग लिएर भेट गराउथे।

मन्त्री पद्मा अर्यालका नजिकका दलाल दुई भाई राजेश शर्मा र गोबिन्द शर्माले पुर्ब मन्त्री पद्ममा अर्यालसंग लेनदेनमा कुरा नमिलेपछि आफुले भेट्टाएका व्यपारी र मन्त्रीहरूको भए नभएको कथा संचार माध्याममा निकाल्ने र ब्यापारीहरुलाई तल पारियो , स्वयंम पद्मा अर्याललाई ठिक पारियो भन्दै अर्यालका भाई भनेर परिचय दिदै हिड्ने राजेश शर्मा र गोबिन्द शर्मा विभिन्न मिडियामा सूचना दिदै हिडेका देखिन्छन् ।

गिरि बन्धु टिस्टेट ,कित्ताकाट ,हिमाल नापि,ठुला ठुला जग्गा सम्बन्धि फायलहरू दाजु भाई २ दलालले पास नगरि मन्त्रालयमा हेर्नु नपाउने तत्कालीन कर्मचारी काजि बिष्टले भन्ने गरेका छन । बिगतमा मन्त्री अर्यालको नजिकको भाई बताउदै विभिन्न ब्यापारीहरुसंग कति कति उठाएर लगे।
पुर्ब मन्त्री अर्याललाई थाहा नै नदिई कति सम्पत्ति जोडे, यो कुरा राजेश र गोबिन्द दुबै दलाललाई नै थाहा होला । हामी लाई थाहा छैन। यस्तो काम किन र केका लागि गर्दैछन् ।
मन्त्रीलाई खेद्दै विभिन्न संचार माध्यममा लेख्दैछन । यिनिहरुले को को संग मन्त्री मिलाउने भनेर खुमलटार र तत्कालीन प्रधानमन्त्रीको समेत नाम बेचेर उठाए खोजी गरिरहेका छौ , पद्मा अर्यालको श्रोत भन्छ ।
राजेश शर्माले मन्त्री अर्याल र केही जग्गा ब्यापारीहरुलाई पत्रपत्रिकाहरुमा मिलाउछु भनेर सम्पत्ति जोडेको देखिन्छ ।
अर्यालका सबै कामहरुमा दलालि गर्ने राजेश शर्मा र गोबिन्द शर्माले अरबौको सम्पत्ति जोडेको बुझिन्छ ।दुबैले व्यापारीसंग पैसा लिए पनि गिरिबन्धुको काम रोकिएको छ ।
तर पद्मा अर्याललाई ब्ल्याक मेलिङ गर्ने र व्यापारीसंग केही पैसा असुल गर्ने मनसायले ब्यक्तिगत चरित्र हत्यामा लागिपरेका छन् ।

भ्याली भित्र बसि अर्बौं कमाउने केही मालपोतका कर्मचारीसंग र ललिता निवास काण्डमा पनि राजेशको सङ्लग्नता रहेको देखिन्छ।

यि दुई जना मन्त्री पद्मा अर्यालको सचिबालयमा बसेर करोडौं कमाएर मन्त्री पद गएपछि छाडेका दुई दाजु भाई एमाले छाडेर वाइसीएल बनेका छन । केही दिन अगाडी गङ्गा दाहाल र सन्तु दराईलाई सबै मिलाउने हामी हौ भन्दै हिडिरहेका छ्न ।
अहिले भ्याटको डि जि र एकनारायन ढकालको हामिहरु भाईहरु हौ भन्दैछन ।
पद्मा अर्यालको श्रोतले हामी लाई जस्तै अरूलाई पनि गर्लान, यी दाजु भाईसंग सबै सचेत रहनु भनी अनुरोध गरेका छन।

तपाईको प्रतिक्रिया