विराटनगर,३१ भदौ : मोरङ क्षेत्र न. ४ को सदस्यता बिबादले उग्ररुप लिएको छ । कांग्रेस केन्द्रि सदस्यता कार्यसम्पादन समितिले मोरङका नयाँ क्रियाशिल सदस्य सार्वजनीक गरेपछी बिबाद चुलिएको हो । क्षेत्र न. ४ को वडा न. ३ वडा न. १९ र ग्रामथान ७ को काग्रेस बुथ समीतीले सिपारीस गरेको भन्दा अन्य क्रियाशिल केन्द्र बाट थपेर पठाएको पाईएपछी क्षेत्रीय सभापती विनोद बस्नेतको नेतृत्वमा कांग्रेस पार्टी कार्यलय पुगेको टोलिले प्रक्रिया मिचेर केन्द्रबाट थपेको क्रियाशिल सदस्यता खारेज हुनुपर्ने माग गरेको छ ।कांग्रेस मोरंङ सभापती डिग बहादुर लिम्बु र सचिब नागेश कोईरालालाई बिहिबार भेटेर बस्नेत नेतृत्वको टोलिले प्रक्रिया मिचेर केन्द्रबाट थपीएको क्रियाशिल सदस्यता खारेजको माग गरे । क्षेत्रीय सभापती बस्नेतले भने, प्रक्रिया मिचेर केन्द्रबाट थपीएका सदस्यहरु खरेज गरौ हैन भने निर्वाचन स्थगीत गरौ यस्तो तरिकाले निर्वाचनमा जान सकिन्न,। सो टोलिमा कांग्रेस माहासमीती सदस्य विश्वनाथ रिजाल , कांग्रेस जिल्ला सदस्य सुबोध निरौला, विराटनगर १९ का बुथ समिति अध्यक्ष शेषराज राजवंशि , ग्रामथान गाँउपालिका वडा न. ७ का बुथ समीती उपाध्यक्ष लगायतको सहभागिता थियो । कांग्रेसको वडा सम्मेलन असोज ५ गते हुदै छ ।

तपाईको प्रतिक्रिया