विराटनगर,२ असोज : आसन्न कांग्रेसको जिल्ला अधिवेशनमा उप–सभापतिमा नागेश कोइराला बलिया उमेदबारको रुपमा चर्चा छ ।
निर्वाचित जिल्ला सचिवका रुपमा कार्यरत कोइराला सभापति अथावा उपसभापति मध्ये एकमा जित्नुपर्ने कार्यकर्ताबाटै आवाज उठ्न थालेपछि नगेश कोईराला उप सभापतिमा बलियो उमेदवारको रुपमा चर्चा चुलियो ।
गत अधिवेशनमा कोइराला लोकप्रिय मतका साथ सचिवमा निर्वाचित भएका कोईराला कोषध्यक्षसमेत भइसकेका हुन ।
आशन्न जिल्ला अधिवेशनमा उप–सभापतिमा उम्मेदवारी दिने कोइरालाको भनाई छ ।उनलेभने, ‘सचिव भइसकेको मान्छेको स्वभाविक रुपले कि त सभापतिमा कि त उपसभापतिमा दाबी रहन्छ’, उनले थपे, ‘मेरो अहिलेका लागि उपसभापतिमा दाबी छ, हेर्दै जाऊँ सभापतिमा पनि हुनसक्छ ।’ अहिले आकांक्षा मात्रै राखेकाले नेता र कार्यकर्ताले सभापति र उप–सभापतिमा जुन पदमा भन्छन्, त्यसैमा जाने उनले प्रस्ट्याए । जीवनभर राजनीतिलाई सेवाका रुपमा लिने उनको बानि छ । कोईराला तरुण दल मोरङको सभापति भईसकेका छन ।
रोटरी क्लब अफ विराटनगर मिट टाउन, राउण्ड टेवल विराटनगर–५ सहित विभिन्न सामाजिक संघसंस्था नेतृत्व गरिसकेका कोइराला पुराना र नयाँ पुस्तामाझ लोकप्रिय छन् । आफूले गुट र समूहको विश्वास नगर्ने बताउँदै उनले भने, ‘म कांग्रेस हुँ त्यसभन्दा अरु जान्दिन । अधिवेशनमा प्रतिस्पर्धा भए पनि अन्य समयमा कांग्रेस एकढिक्का हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’
सचिवमा रहँदा खेलेका भूमिकाका आधारमा कोइरालाको उपसभापतिको दाबी न्यायसंगत भएको कार्यकर्ताहरुको टिप्पणी छ । मोरङ कांग्रेसका तरुण युवाले कोइरालालाई चाहेका छन । युवा नेता सुभाष कामत भन्छन, ‘कुनै पनि समस्या परेर उहाँसमक्ष जाँदा कहिल्यै नाइँ भन्नुहुन्न’, उनले भने, ‘नेताले भनेकै कार्यकर्ताका पीरमर्का बुझ्ने हो । उहाँले बुझ्नुहुन्छ ।’कार्यकर्तामाझ सहज रुपमा उपलब्ध हुने र भनेको ठाउँमा तत्कालै पुगेर कार्यकर्ताका समस्या समाधान गर्ने क्षमता कोइरालामा भएको अर्का युवा अनिल थापा बताउँछन् । ‘नागेश दाइजस्ता मान्छेलाई पार्टीले सर्वसम्मत बनाउनुपर्ने हो’, थापाले भने ।कांग्रेसबाहेकका नेताहरूसँग पनि कोइरालाको समन्वयकारी भूमिका बलियो रहेको उनको कथन छ ।

तपाईको प्रतिक्रिया