कांग्रेसका युवा नेता सलिम अन्सारीका पिता ८४ वर्षीय जनाव काजिम अन्सारीको आज दिउसो असामयिक निधन भएको छ । काजिम हिमालय नर्सरीका संस्थापक हुनुहन्छ । उहाँले नै हिमालय नर्सरी स्थापना गरेर विराटनगरमा फुलका विरुवा उत्पादन गर्ने कारोबार गर्ने संस्कार बसाउनु भएको बताईन्छ । समाज सेवामा समेत सक्रिय अन्सारी विभिन्न प्रकारका फुल उत्पादन गरेर विदेशी फुललाई बिस्थापन गर्ने विषयमा प्रभाबकारी भुमिका खेल्नुभएको थियो । काजिमको मुस्लीम धर्म अनुसार अन्त्योस्टि गरिएको छ ।काजिमलाई कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले माटो समपर्ण गरेर बिदा गर्नुभयो । कोईरालाका साथमा विराटनगर ९ का वडा अध्यक्ष विश्वनाथ प्रसाद भगत , नेता राजेश गुप्ता र काजिमका परीवारका सदस्यहरुको सहभागिता थियो ।
सलिमका पिताको निधन
