विराटनगर,९ असोज : नेपाल कलवार कल्याण माहासंघको सातौ साधारण सभामा विराटनगरमा शनिबार सुरुभएको छ । विराटनगरको राम जानकी सेवा सदनमा सुरु भएको हो । महासंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ताको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको छ । यो साधारणसभा दुई दिन सम्म चल्ने छ ।
उद्घाटन सत्रको कार्यक्रममा विराटनगर महानगर कि उपप्रमुख ईन्दिरा कार्कीले कलवार समुदायले यो देशको लगाी महत्व पुर्ण योगदान गरेको बताउनु भयो । नेपाल कलवार कल्याण माहासंघको सातौ साधारण सभामा आफ्ना धारणा राख्दै उपप्रमुख कार्कीले देशको बिकास र व्यवस्था परिर्वतनमा महत्वपुर्ण योगदान रहेको बताउनुभयो । उपप्रमुख कार्कीले देशको व्यवस्था परिर्वतनको आन्दोलनमा यो समुदायको उल्लेख्य भुमिका रहेको बताउनुभयो । कार्कीले भन्नुभयो,झन यो समुदायका महिलाहरुको अत्यन्त भुमिका छ र लोकतन्त्र स्थापना गर्न खेलेको योगदान अतुलनीय छ ,। कार्यक्रमको प्रमुख अतिथी पुर्व मन्त्री चन्दा चौधरी रहनुभएको थियो। कार्यक्रममा देशरभरका ६५ जिल्लाका कलवार महासंघका जिल्लाका प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया